२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज पारस तीन दिन अस्पतालमै रहने



अ+ अ-

काठमाडौं । हृदयघातपछि अस्पताल लगिएका पूर्वयुवराज पारस शाह तीन दिन अस्पतालमै रहने भएका छन् । आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारमा डा.यादव भट्टसहितको चिकित्सक टोली खटिएको छ । उनको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । २४ घण्टाभन्दा बढी समय ‘अब्जर्भ’ मा राख्नुपर्ने कारण उनलाई अझै तीन दिन अस्पतालको निगरानीमा राखिने उपचारमा संलग्न चिकित्सक बताए ।

पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । यसअघि उनलाई २०७५ माघ महिनामा हृदयघात भएको थियो ।