२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

भीमफेदी–कुलेखानी सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने

भीमफेदी–कुलेखानी सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने
file
अ अ+ अ-

काठमाडौँ। लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौंडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटौंडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न सङ्घीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिए । “सुरुङमार्ग निर्माणका लागि केन्द्र र प्रदेश सरकारको सहमति छ,” उनले भने, “सङ्घीय सरकारले नै लगानी गर्ने भइसकेपछि उक्त सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्नमा अब कुनै द्विविधा रहेनन् ।”

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत उक्त सुरुङमार्गको निर्माण कार्य सङ्घीय सरकारको सहलगानीमा अगाडि बढाउने उल्लेख गरेको छ । रणनीतिक महìवको सो आयोजनालाई अगाडि बढाउन सङ्घ र प्रदेशबीच हुने सहलगानीको ढाँचा तय गर्न सङ्घीय सरकार र प्रदेश सरकारका पदाधिकारी सम्मिलित एक समिति गठन गरी कामसमेत अगाडि बढाइएको उनले जानकारी दिए। समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव, सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव र बागमती प्रदेशको भौतिक योजना मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। मुख्यमन्त्री पौडेलले भने, “सहलगानीको ढाँचा के हुनसक्छ, सङ्घ र प्रदेश सरकारको लगानी के कति हुनु उपयुक्त हुन सक्छन्, निजी क्षेत्रलाई सहभागी गराउनेबारे, सङ्घ र प्रदेश सरकारले सहलगानीमा काम अगाडि बढाउँदा त्यसका कानुनी प्रक्रियाहरू लगायतका विषयलाई विस्तृत अध्ययन गरेर समितिले अबको एक महिनाभित्रमा प्रतिवेदन बुझाउने छन् ।”

उक्त सुरुङमार्ग निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उनले सुरुङमार्गबारे सरकारले केही दिनअघि निर्धारण गरेको मापदण्डअनुसार सो डीपीआर छ÷छैन भन्नेबारे अहिले विस्तृत अध्ययन भइरहेको बताए । तयार पारिएको डीपीआरअनुसार सो सुरुङमार्गको कुल लम्बाइ ३।२५ किलोमिटर हुनेछ भने आउन र जानका लागि छुट्टाछुट्टै सुरुङमार्ग निर्माण गरिने छ । त्यसैगरी सुरुङमार्गको चौडाइ ५.२ मिटर र सुरुङको दुवैतिर गरी साढे दुई किमी लामो सहायक सडक र तीनवटा पुल निर्माण गरिने छ । मुआब्जासहित सो सुरुङमार्ग निर्माणको कुल लगानी १९ अर्ब ३२ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

परामर्शदाता चयन प्रक्रिया
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको जानकारी दिए । उनले भने, “भदौ १ गते सो बोलपत्र आह्वान गरिएको हो । बोलपत्र दर्र्ताका लागि एक महिना समय निर्धारण गरिएको छ । परमर्शदाताले आयोजनाको निरीक्षणसमेत गर्नेछन् ।” अब सो सुरुङमार्ग निर्माणका लागि समेत बोलपत्र आह्वानको तयारी भइरहेको उनले बताए । गोरखापत्र दैनिक