२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन मात्रै सुनुवाइ गर्ने

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन मात्रै सुनुवाइ गर्ने
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दा तथा रिट निवेदनको सुनुवाइ गर्ने कार्य रोकेको छ । सर्वोच्चले विगत ५ दिनदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनबाहेक अन्य सम्पूर्ण मुद्दाको सुनुवाइ गर्ने क्रम रोकेको हो । सर्वोच्चले गत ४ गते आठवटा उत्प्रेषणको आदेशले बदर गर्न माग गरी दायर भएको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गरेको थियो । सोही दिन संयुक्त इजलासबाट तीनवटा बन्दीप्रत्यक्षीकरणको निवेदनको सुनुवाइ भएको थियो । काठमाडौं उपत्यकामा डरलाग्दो तवरले कोरोना भाइरसको संक्रमण बढेका कारण सर्वोच्चकै कर्मचारी तथा कानुन व्यवसायीले समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ रोक्नुपर्ने माग गर्दै आएका थिए । सर्वोच्चकै केही कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट आएपछि यो माग झन् जोडतोडले उठेको थियो ।

त्यसपछि गत ५ गते शुक्रबार जम्मा एउटा मात्र बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि पेस भएको थियो । रितेश गुप्ताको हकमा रिन्कु जयसवालद्वारा दायर गरिएको निवेदनमा न्यायाधीशहरु दीपककुमार कार्की र अनिलकुमार सिन्हाको इजलासले विशेष अदालत, बबरमहलबाट सम्बन्धित मिसिल झिकाउने आदेश भएको थियो । यही भदौ ७ गते आइतबार सर्वोच्चको एकल इजलासमा आठवटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइका लागि पेस भएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले ती सबै निवेदनमा देखाइएका विपक्षीलाई कारण देखाउ आदेश जारी भएको छ । यसै गरी सोही दिन न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले दुईवटा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ गरेको थियो । तीमध्ये एउटामा विपक्षीसँग ‘बुझ्ने आदेश’ भएको छ भने अर्कोमा फाइल मगाउन आदेश दिइएको छ ।

सर्वोच्चमा यही भदौ ८ गते सोमबार पनि बन्दीप्रत्यक्षीकरणको निवेदन मात्र सुनुवाइका लागि पेशीमा राखिएका थिए । न्यायाधीशहरु मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलसमा तीनवटा मात्र निवेदन सुनुवाइका लागि राखिएकामा दुईवटाको मात्र बहस भएको थियो । समयाभावका कारण एउटाको सुनुवाइ हुन सकेको थिएन । यसै गरी सोही दिन न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासमा एउटा मात्र मुद्दा सुनुवाइका लागि तोकिएको थियो । सो मुद्दामा विपक्षी बनाइएको उच्च अदालत, पाटनबाट लिखित जवाफ मगाइएको छ ।

हिजो मंगलबार पनि सर्वोच्चमा चार थान बन्दीप्रत्यक्षीकरणको मात्र निवेदन सुनुवाइका लागि पेस भएका थिए । न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा ती निवेदन सुनुवाइका लागि पेस भएका हुन् । त्यसमध्ये जिल्ला प्रहरी कार्यालय, भोजपुरले गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै सो इजलासले चन्द्रबहादुर चन्दलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले आफूहरुको मागबमोजिम सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको मात्र सुनुवाइ हुन थालेकोमा खुसी व्यक्त गरे । उनले अब कर्मचारी तथा सेवाग्राहीमा कोरोना संक्रमण हुने सम्भावना कम भएको बताए । नेपाल समाचारपत्र दैनिक