काठमाडौँ । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ ।
आज भैरहवामा सबैभन्दा बढी गर्मी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ ।
यस्तै, विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । काठमाडौँको तापक्रम भने २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि(मनसुन मे महिनासम्म रहन्छ । यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।










