२९ श्रावण २०८३, शुक्रबार
,
Latest
नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर गर्मी बढ्दै, भैरहवाको तापक्रम ३४ डिग्री सेल्सियस पुग्ने अनुमान



अ+ अ-

काठमाडौँ । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ ।

आज भैरहवामा सबैभन्दा बढी गर्मी हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ ।

यस्तै, विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । काठमाडौँको तापक्रम भने २५ डिग्री सेल्सियससम्म पुग्ने छ ।

अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि(मनसुन मे महिनासम्म रहन्छ । यो तीन महिने प्रि–मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मोघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।