४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज केपी ओली कपको फाइनल,उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्दै



अ+ अ-

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै छ ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ः३० बजे सुरु हुनेछ । उपाधिका लागि मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।

मच्छिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो । त्रिभुवन आर्मीले सङ्कटालाई पराजित गरेको हो ।
कूल ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार जित्ने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल आइसक्नु भएको छ । फाइनल खेल उहाँकै प्रमुख आतिथ्यतामा हुने छ ।

विजयी खेलाडीलाई प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले पुरस्कार वितरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली पनि खेल हेर्न आज दशरथ रङ्गशालामा जाँदै हुनुहुन्छ ।