काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदै छ ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ः३० बजे सुरु हुनेछ । उपाधिका लागि मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।
मच्छिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई हराउँदै फाइनलमा पुगेको हो । त्रिभुवन आर्मीले सङ्कटालाई पराजित गरेको हो ।
कूल ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार जित्ने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
फाइनल खेल हेर्न फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बफोन नेपाल आइसक्नु भएको छ । फाइनल खेल उहाँकै प्रमुख आतिथ्यतामा हुने छ ।
विजयी खेलाडीलाई प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले पुरस्कार वितरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली पनि खेल हेर्न आज दशरथ रङ्गशालामा जाँदै हुनुहुन्छ ।










