२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
२०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो



अ+ अ-

मुगु। हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज साँझदेखि पुनः सञ्चालन भएको छ ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारदेखि सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेना खटिएको थियो ।

सडक सञ्चालन भएपछि मुगुबाट अन्य जिल्ला जाने र मुगुतर्फ आउने मालबाहक तथा यात्रुबाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रारा ताल घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा तीन दिनदेखि बुलबुलेमा बास बसेका थिए ।

“अब सडक सञ्चालन भयो, रारा आउने पर्यटक, साना–ठूला सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन्”, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । भलभुले, सात मोड र जिअ भिड क्षेत्रमा चार किमी सडकको हिउँ र पहिरो हटाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।

कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिकस्थलहरु छायाक्षेत्र, रिणिमोक्ष र थार्पमष्टा पुगिन्छ । नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा हिउँद र वर्खामा सधैँ अवरुद्ध हुने गरेको छ । रासस