४ पुष २०८२, शुक्रबार
,
Latest
नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल औरहीका किसानलाई अनुदानमा गहुँको बीउ रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण



अ+ अ-

काठमाडौँ। रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा रुपकले अमित महर्जनलाई पराजित गरे । रविन्द्र लोहार तेश्रो र शिवबहादुर भुजेल चौथो भए । मन्जुले फाइनलमा अनुपा नेपालीलाई हराइन् । कविता मोक्तान तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भए ।

पुरुष÷महिला दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य र जयराज स्याङतान चौथो भए ।

पुरुष ६० केजीमुनि अनिल बराम पहिलो, केदार नेपाली दोश्रो, पवनकुमार जैसवाल तेश्रो र राजेन्द्र घलान चौथो भए ।महिला ५० केजीमुनि रिना माझी पहिलो, उषा रावल दोश्रो, सपना आले मगर तेश्रो र निशा सुनार चौथो स्थानमा रहे । महिला ५५ केजीमुनि अनिशा तामाङ पहिलो, लक्ष्मी थिङ दोश्रो, अन्जना बुढाथोकी तेश्रो र सविता आले मगर चौथो भए ।