काठमाडौं । ‘नशा नशामा रगत रगतमा’ लगायतका गीत गाएर टिकटकमा भाइरल भएकी राधा बादीको मृत्यु भएको छ ।
४२ वर्षीय राधा आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका-४, थिरपुमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी श्रीमान जोग्गिरे बादीसँगै सुदूरपश्चिमका विभिन्न ठाउँमा गीत गाएर हिड्ने गरेकी थिईन् । पछिल्लो समय राधाले गाएको ‘नशा नशामा, रगत रगतमा’ बोलको गीत फेसबुक र टिकटकमा भाइरल भएको थियो ।
दुइ देखी बिरामी रहेकाी राधाको आईतबार बिहान मृत्यु भएको कालिकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले बताए । उनले भने, “उहाँहरू गीत गाउँदै पैसा माग्दै हिँड्नु हुने रहेछ । जहाँ रात पर्यो उतै सुत्ने गर्नु हुन्थ्यो । श्रीमान श्रीमतीले धेरै नै मदिरा सेवन गर्नु हुन्थ्यो । त्यही कारणले श्रीमतीको मृत्यु भएको हुनसक्छ ।”
उनको शबलाई पोस्टमार्टमको लागि लगिएको उनले बताए ।










