२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु

ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर प्रहरी बलले, नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ । आजदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी हुनेछन् ।

तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिनेछ । यसरी सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिनेछ ।

राष्ट्रिय सभा गृहमा कार्यक्रम शुभारम्भ गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले, सहरी व्यवस्थापनको समेत अधिकार भएकोले नगर प्रहरी बलबाट गरिने ट्राफिक व्यवस्थापनका काम प्रभावकारी हुने अपेक्षा राख्नुभयो । ‘ट्राफिक व्यवस्थापनको काम कानुन कार्यान्वयन मात्र होइन । नागरिकका आवश्यकताको पूर्ति गर्दै प्रदान गर्नु पर्ने सेवा हो । यसकारण कानुन कार्यान्वयनको दायित्व पाएको ट्राफिक प्रहरीभन्दा सहरी व्यवस्थापनको दायित्व पाएको नगर प्रहरीबाट ट्राफिक व्यवस्थापनको काम प्रभावकारी रुपमा सम्पादन हुन सक्छ ।’ घिमिरेको भनाइ छ ।

त्यस क्रममा महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, मानव स्रोतबाट चलेको ट्राफिक व्यवस्थापन प्रणालीलाई चलायमान बनाउन ट्राफिक प्रहरीलाई सहयोग गर्नु पर्ने आवश्यकता पूरा गर्दै सहरी आवागमन व्यवस्थापनलाई सहज बनाउन महानगरपालिकाको दायित्व प्रभावकारी कार्यान्वयन हुने प्रणाली स्थापना गर्न लागिएको बताउनुभयो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरुलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताउनुभयो ।

नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार नगर प्रहरी जवानहरुलाई २ चरणमा १९३ जनालाई आधारभूत तालिम प्रदान गरिसकिएको छ । नगर प्रहरीलाई कर्तव्यनिष्ठ, अनुशासित, साहसिक, फौजी सिप एवं कौशलले भरिएको व्यावसायिक बनाउन, महानगरपालिका र महानगरबासीप्रति समर्पित रहेर सेवा भावबाट काम गर्ने क्षमताका लागि तालिम प्रदान गरिएको हो ।

सहरी व्यवस्थापनका कामसँगै प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा गर्ने दायित्व नगर प्रहरी बलले निर्वाह गरिरहेको छ ।

नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । विद्यमान महानगर प्रहरी बल संविधान जारी हुनुअघिदेखि नै अर्थात् २०५० साल भदौ १४ गते नगर प्रहरी सेवाका रुपमा स्थापना भएको संरचना हो । नगर प्रहरीको विकास र विस्तारका क्रममा २०७७ साल चैत २९ गते महानगर प्रहरी बलका रुपमा विकास गरियो । २०८० असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी गर्‍यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।

महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।