१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट भारतमा ६० हजारभन्दा बढिको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् ।