२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रोसफ्टले स्काइप मे महिनादेखि बन्द गर्ने



अ+ अ-

एजेन्सी। भिडियो कन्फरेन्सिङका लागि विगतमा निकै लोकप्रिय स्काइप (Skype) सेवा आगामी मे देखि बन्द गरिने भएको छ ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको स्काइपलाई उसले सन् २०११ मा साढे आठ अर्ब डलरमा भित्र्याएको गरेको थियो ।समाचार अनुसार, सन् २०२१ जुलाईदेखि नै स्काइपलाई बन्द गरेर माइक्रोसफ्ट-टिम्सलाई अगाडि बढाउने गरी काम थालिएको थियो ।

टिम्सलाई विन्डोज ११ मा चलाउन सकिन्छ जसका नि:शुल्क र शुल्क सहितको इन्टरप्राइज भर्सन उपलब्ध छ ।भिडियो कन्फरेन्सिङमा प्रयोग हुने स्काइपको बजार हिस्सा सन् २०२० मा ३२ दशमलब ४ प्रतिशत रहेकामा २०२१ मा घटेर ६ दशमलब ६ प्रतिशतमा पुगेको थियो ।

सन् २०२० मार्चमा स्काइपका दैनिक सक्रिय प्रयोगकर्ता झण्डै चार करोड थिए तर अहिले झण्डै ३ करोड ६० लाखमा ओर्लिएको छ।तर माइक्रोसफ्ट टिम्सका प्रयोक्ता नाटकीय रूपमा तिब्र रूपमा वृद्धि भएको छ । स्रोतका अनुसार, सन् २०१९ मा १ करोड ३० लाख प्रयोक्ता रहेकामा सन् २०२४ मा ३२ करोड पुगेको छ ।

जुम, ह्वाट्सआप, गुगल मिट जस्ता च्याट टुल्सबीच तिब्र प्रतिस्पर्धा जारी छ ।