२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कियारा र सिद्धार्थ आमाबुवा बन्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी अभिभावक बन्ने भएका छन् । यी जोडीले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफुहरु आमाबुवा बन्न लागेको बताएका हुन् ।

शुक्रवार कियारा र सिद्धार्थले एक संयुक्त पोस्ट साझा गरेर आफ्नो गर्भावस्थाको जानकारी गराएका छन् । पोष्टमा एक जोडीको हात देखिन्छ र उनीहरूले बच्चाको मोजा समातेको देखिन्छ। यो तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘हाम्रो जीवनको सबैभन्दा ठूलो उपहार चाँडै आउँदैछ ।’

कियारा र सिद्धार्थले फेब्रुअरी ७, २०२३ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । परिवारका सदस्य र नजिकका साथीहरूको उपस्थितिमा यो जोडीले विवाह गरेका थिए । विवाहको दुई वर्षपछि यी जोडी अभिभावक बन्न लागेका हुन् ।