१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित आफ्नै निवासमा आज अपराह्न ४ बजे बैठक बस्ने गरी बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा संघीयता कार्यान्वयनमा देखा परेका अप्ठ्यारा कसरी समाधान गर्ने, संसद्मा पेस भएका महत्त्वपूर्ण विधेयक यही अधिवेशनबाट सकभर कसरी पास गर्ने र भ्रातृ संस्थालाई चैत मसान्तसम्म अधिवेशन गर्न निर्देशन दिँदै बनाएका निर्देशन समितिले के कति काम गरे जानकारी लिने र संस्थागत निर्णय गरेर आवश्यक निर्देशन हुने मुख्यसचिव पौडेलले बताए ।