२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरबाट १२७ किलो गाँजाको धुलो र ६ किलो अफिमसहित एक जना पक्राउ



file photo
अ+ अ-

मकवानपुर । पूर्व– पश्चिम लोकमार्गबाट प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व– पश्चिम लोकमार्ग सडकखण्डअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीमा रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोमाथि चेकजाँच गर्ने क्रममा पछाडिको सिट मुनि लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो १२७ किलो ९४० ग्राम फेला परेको हो ।

प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।