२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरबाट १२७ किलो गाँजाको धुलो र ६ किलो अफिमसहित एक जना पक्राउ



file photo
अ+ अ-

मकवानपुर । पूर्व– पश्चिम लोकमार्गबाट प्रहरीले १२७ किलो लागू औंषध गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व– पश्चिम लोकमार्ग सडकखण्डअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर– ६ नयाँ बस्तीमा रोकी राखेको बा ७ च ७०१८ नंबरको सुमोमाथि चेकजाँच गर्ने क्रममा पछाडिको सिट मुनि लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध गाँजा ३१ किलो ५६० ग्राम, अफिम ६ किलो १६० ग्राम र गाँजाको धुलो १२७ किलो ९४० ग्राम फेला परेको हो ।

प्रहरीले सुमो चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नंम्बर ९ का ३८ वर्षका लाल बहादुर तामाङलाई पक्राउ गरेको छ । तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।