३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.24

Wind: 2.57

Humidity: 57

Latest
च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यकः स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गर्नुभयो । उहाँले कामको अनुभवबाट पनि स्वास्थ्य सेवा प्रवाह विकसित र परिवर्तन गर्दै जानुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य सेवा दिनै नसकिने फितलो अवस्थामा नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज स्वास्थ्य सेवा एकदमै फितलो अवस्थामा छ, परिणामै दिन नसक्ने स्थितिमा छ, स्वास्थ्य क्षेत्रमा सेवा उपलब्ध हुनै नसकेको भन्ने होइन । सेवा उपलब्ध हुने स्थिति बनेको छ तर पूर्ण हुने अवस्था छैन । प्रभावकारी हुन सकेको छैन, व्यवस्थित हुन सकेको छैन । आजको चुनौति भनेको स्वास्थ्य सेवालाई प्रभाकारी र व्यवस्थित बनाउने हो । त्यसैले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा हामीले जे अभ्यास गर्दै आइरहेका छौँ, त्यो अभ्यासलाई कतिपय सन्दर्भमा बदल्नु जरुरी छ, कतिपय हाम्रो अनुभवबाट विकसित गर्नुपर्ने विषयहरु छन् । कतिपय नयाँ विषय ल्याउनुपर्ने अवस्था छ । त्यसैले ती सबै सन्दर्भलाई पहिचान गरेर हामीले व्यवस्थित स्वास्थ्य नीति अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

मन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो काम विशिष्टकृत क्षमता भएका व्यक्तिले गर्ने काम हो, त्यसैले तिम्रो क्षमता अलि विशिष्टकृत छ भन्ने कुरा रिकग्नाइज गर्नुप¥यो । यो काम अलि दुःख पनि हुन्छ । डाक्टर नर्सले दबाबमा गर्न सक्दैनन् । मैले त्यो काम गर्न सक्तिन, कसैले ब्लड झिकिरहेको देख्दा मलाई डर लाग्छ । तर म जस्तै मान्छेले त्यो काम गर्छ । अप्रेसन गर्छ, ब्रेन र मुटुको अपरेसन गर्छ । त्यसैले यो काम दबाबमा गर्न सकिँदैन । उहाँहरुलाई दबाब मुक्त बनाउनुप¥यो । काम गर्ने वातावरण बनाउनु प¥यो । कसैले आवेगमा आएर केही गरी दियो भने मेन्टली असुरक्षित बनिरहने वातावरण बनिरहन्छ । त्यस्तो नहुने वातावरण हामीले निर्माण गर्नुप¥यो ।’

मन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताउनु भयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।