
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ । महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले बुधबार अपरान्ह पशुपतिनाथको दर्शनसहित पूजाआराधना गर्नुभएको हो ।
उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।
मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय नियकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।
महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ ।