५ भाद्र २०८३, शुक्रबार
,
Latest
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्योउदाईन्यूजका प्रधानसम्पादक गौतमलाई धम्की दिनेलाई कारबाही गर्न पत्रकार महासंघको माग



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले जापानबाट सञ्चालित नेपाली अनलाइन न्यूज ‘क्योउदाईन्यूज’का प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कानुनी कारबाही गर्न माग गरेको छ ।

महासंघका महासचिब रामप्रसाद दाहालले एक बिज्ञप्ति जारी गर्दे समाचारको विषयलाई लिएर प्रधानसम्पादक गौतमलाई धम्की दिने केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीलाई कारबाही गर्न माग गरेको हो ।

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जाने प्रावधान रहँदा रहँदै सो अभ्यासविपरीत पत्रकारलाई धम्क्याउने कदमलाई महासंघले खेद प्रकट गरेको छ । त्यस्तै सो कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको र प्रेस स्वतन्त्रताविरोधी उक्त हर्कतको महासंघले कडा भर्त्सना गरेको छ ।

क्योउदाईन्यूजले केबीएल इन्टरनेसनल कम्पनीको बदमासीबारे समाचार प्रकाशित गरेको थियो । महासंघका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो ।

सोही बिषयलाई लिएर फागुन १२ गते कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएका थिए ।

 

 




भर्खरै