९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

घलेगाउँमा सिनेमा संवाद : संगीतदेखि एआईसम्म छलफल



अ+ अ-

काठमाडौं । लमजुङको घलेगाउँमा ‘सिनेमा संवाद’ सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको सिनेमा संवादमा ४ छलफल सत्र भयो ।

पहिलो सत्रमा ‘फिल्ममा आदिवासी र सीमान्तकृतको स्वर’ विषयमा नवीन सुब्बा, विश्वभक्त दुलाल आहुती, आशा मगराती र विकास सुवेदीले छलफल गरे ।

उनीहरुले घरेलु फिल्ममा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत आउन नसकेको बताए । निर्देशक सुब्बाले फिल्म बनाउनेले पनि फिल्मको संरचनासँग सम्झौता गर्ने गरेको टिप्पणी गरे । विषयवस्तुको तथ्यमा सचेत हुनुपर्ने सुझाव उनले दिए ।

आहुतीले वर्गीय उत्पीडनको पक्ष नेपाली फिल्ममा कमजोर रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘उत्पीडितको ज्ञानलाई अझै स्वीकार्य गरिँदैन । उत्पीडितको विषयमा सिनेमा बनाउँदा उत्पीडितहरु अज्ञानी, अशिक्षित हुन् भन्ने देखाइएको छ । उनीहरुको शिक्षालाई निर्देशकले स्वीकार्न तयार छैन । महिला सम्पूर्ण परिवारको चालकको रुपमा भए पनि मूल योगदान छोप्ने काम हुन्छ ।’

सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा पनि गन्धर्व अशिक्षित छन् भन्ने देखाइएको टिप्पणी उनले गरे । अभिनेत्री मगरातीले आफू दलित समुदाय, त्यो पनि महिलाबाट प्रतिनिधित्व गर्दा सुरुका दिनमा आफ्नो जातका कारण कसैले पछि पार्छ कि भन्ने डर हुने गरेको स्मरण गरिन् ।

पटकथा लेखक सुवेदीले आफूले सक्रिय पत्रकारितापछि २ वर्षसम्म झोला बोकेर ६०/६२ जिल्ला घुमेको स्मरण गरे । जसमा आफू अलि बढी नजिक मधेससँग भएको बताए । ‘प्रकाश’लाई पश्चिम नेपाल घुमेरै लेखेको बताउँदै उनले भने, ‘अब काठमाडौंको कोठाबाट कर्णालीको कथा लेख्न सकिँदैन । मैले देखेको कथामा कति तथ्य नजिक जाने निर्देशकको हातमा पनि हुन्छ ।’

अर्को सत्र थियो ‘सिनेमामा संगीत : कति मौलिक, कति आधुनिक ? ।’ यो विषयमा संगीतकारत्रय शम्भुजीत बासकोटा , बसन्त सापकोटा र प्रकाश सपुतले छलफल गरे । रीमा विश्वकर्माले यो सत्रलाई सहजीकरण गरेकी थिइन् ।

संगीतकार बासकोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेको पुस्ताले पनि आत्मसात गर्नुपर्नेमा उनले जोड दिए । सापकोटाले संगीतको रोजाइ पुस्ताअनुसार फरक हुने बताए । कथामा पनि पात्रअनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ ।

सपुतले कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवत: आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’ चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको सपुत बताउँछन् ।

तेस्रो सत्र थियो ‘रिलदेखि एआईसम्म’ । यो सेसनमा करिश्मा मानन्धर, महेश त्रिपाठी र एनिमेटर अनिल न्यौपानेले छलफल चलाए । करिश्माले प्रविधिमा फरक आएको स्मरण गर्दै विगत र वर्तमानको परिस्थितिबारे छलफल गरिन् । उनले एआईलाई आत्मा नभएको फूलको रुपमा टिप्पणी गरिन् ।

अन्तिम सत्र थियो- सरकार र सिनेमा स् नीतिमा समस्या की नियतमा रु’ यो सत्रमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी र चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले छलफल चलाए । अध्यक्ष डीसीले सरकार र बोर्डको नियतमा समस्या नरहेको बताए । आफू अध्यक्ष भएपछि पूर्णअधिकार प्रयोग गर्दै सबै काम सहज रुपमा गरिरहेको बताउँदै उनले पहिलेको अध्यक्षहरुले गर्न नसकेका क्षेत्रमा पनि आफूले काम गरिरहेको बताए ।

दक्ष जनशक्ति उत्पादन, प्रविधिको अपडेट, नेपाली चलचित्रको विकास, प्रवद्र्वन र संरक्षण, बनेपा इण्डोर स्टुडियो, बैशाख १ गते पूर्ण विवरण आउनेगरि बक्सअफिसको संचालन, आउटडोर स्टुडियोको लागि धुलिखेल नगरपालिकासँग जग्गा प्राप्तिलगायतका मूख्य काम आफुले गरिरहेको डीसीले बताए ।

बलामीले नीति र नियत दुबैमा समस्या भएको बताए । २०२६ सालको चलचित्र विधेयक प्रतिस्थापन गर्ने गरि नयाँ विधेयक सरकारले नल्याउँदा नीतिमा धेरै समस्या भएको र नीतिकै कारण नियतमा संकुचितता रहेको बताए ।

‘अहिलेको समय भनेको नेपाली फिल्मलाई विश्व बजारमा लैजाने हो । मौलिक कथाको प्रवद्र्धन गर्ने, व्यवासयिक रुपमा नेपाली फिल्मलाई स्थापित गर्ने, फिल्ममा कर्पोरेट र विदेशी लगानि भित्राउने, उद्योगको रुपमा स्थापित गर्ने, नेपाली चलचित्रको विकासको युगको रुपमा अघि बढाउने समय हो’ उनले भने ।