४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजस्वीको दोहोरो जित



अ+ अ-

काठमाडौं। तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा विजयी सुरुआत गरेको हो ।

तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको खेलमा तेजस्वीले निम्बललाई ३१–७ ले पराजित ग¥यो । तेजस्वीको जितमा दिपेन छन्त्यालले १० अंक योगदान गरे । सिनियर गल्र्समा एलिशा क्षेत्रीको ७ अंक सहयोगमा तेजस्वीले इडिफाइलाई १२–२ ले हरायो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको अन्य खेलमा स्वर्णदीपले ल्यान्डमार्कलाई २४–१३, ह्वाइट हेभेनले लालीगुराँस नेसनल एकेडेमीलाई १८–१७, स्वेता सदनले गण्डकीलाई २६–१९, संस्कृति शिक्षा सदनले काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) लाई २७–१२, इडिफाइले लर्निङ जोनलाई १९–४ र बेलमाउन्टले इडिफाइलाई २६–२४ ले पाखा लगाए ।

सिनियर गल्र्समा ह्वाइट हेभेनले स्वर्णदीपलाई २०–१२, बेलमाउन्टले गण्डकीलाई १५–१०, लर्निङ जोनले इडिफाइलाई ६–४ र संस्कृतिले किब्सलाई १२–१० ले पन्छाए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा र टप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिम सहभागी छन् । फाइनल फागुन १५ गते हुनेछ ।