३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेजस्वीको दोहोरो जित



अ+ अ-

काठमाडौं। तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा विजयी सुरुआत गरेको हो ।

तार्केश्वर नगरपालिका १, साङलास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको खेलमा तेजस्वीले निम्बललाई ३१–७ ले पराजित ग¥यो । तेजस्वीको जितमा दिपेन छन्त्यालले १० अंक योगदान गरे । सिनियर गल्र्समा एलिशा क्षेत्रीको ७ अंक सहयोगमा तेजस्वीले इडिफाइलाई १२–२ ले हरायो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजको अन्य खेलमा स्वर्णदीपले ल्यान्डमार्कलाई २४–१३, ह्वाइट हेभेनले लालीगुराँस नेसनल एकेडेमीलाई १८–१७, स्वेता सदनले गण्डकीलाई २६–१९, संस्कृति शिक्षा सदनले काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) लाई २७–१२, इडिफाइले लर्निङ जोनलाई १९–४ र बेलमाउन्टले इडिफाइलाई २६–२४ ले पाखा लगाए ।

सिनियर गल्र्समा ह्वाइट हेभेनले स्वर्णदीपलाई २०–१२, बेलमाउन्टले गण्डकीलाई १५–१०, लर्निङ जोनले इडिफाइलाई ६–४ र संस्कृतिले किब्सलाई १२–१० ले पन्छाए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा र टप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १५ तथा सिनियर गल्र्समा १० टिम सहभागी छन् । फाइनल फागुन १५ गते हुनेछ ।