• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

केकको रोइलो: अरुणा उप्रेती



अहिले बालबालिकालाई जन्मदिनमा केक काटेर ख्वाउने अभिभावकले के बुझ्नु पर्यो भने सानैदेखि उनीहरूले आफ्नो बालबालिकालाई “तिमीहरूको रोगसँग लड्ने शक्ति कम होस्” भनेर केक कोच्याएको हो भन्ने विचार गरे हुन्छ । कोरोनाको लकडाउनको बेलामा जन्मदिन केही भएका बेलामा केही ब्यक्तिहरूले ‘केक काटेर मैनबत्ती’ फू गरेर निभाएको दृश्य देखेँ र मलाई लाग्यो ‘यी अभिभावकले आफ्ना बच्चाहरूको रोगसँग लड्ने शक्ति पनि फू भएर अनेक संक्रमण होस्’ भन्ने विचार गरेका हुन् कि ? विदेशीहरूको अनुशासन, सफाइ  समयमा सबै काम गर्ने, आफ्नो काम गर्न छोराछोरीलाई सानै देखि सिकाउने बानी चाहिँ न हामीले सिक्न सक्यौं, न छोराछोरीलाई सिकाउन सक्यौं ।

तर जन्मदिनमा केक काट्न चाहिँ ठूलो कुरा हो जस्तै गरेर, अंगालो मार्यौ । आफ्नो देशको संस्कार सिकाउनुको सट्टा नानीलाई केक काटेर फू गर्न सिकाएपछि ती बालबालिकाले आमाबुबालाई आफ्नो जीवनबाट ‘फू’ गरेर, निकालीदिए के होला ? केही दिन अघि एक गर्भवती युवतीले मलाई फोन गरेर भनिन् “मेरो रगत जाँच गराउँदा त्यसमा चिनीको मात्रा केही बढी देखियो । मलाई एकदम चिन्ता लागिरहेछ के गर्ने होला ?” मैले उनलाई भनेँ “चिन्ता नगर,  स्त्री रोग विशेषज्ञसँग छलफल गर । आफ्नो खानामा रेशादार पदार्थ भएका खाना खाउ, गुलियो कम गर, योगा गर, ब्लड टेष्ट गर मसय समयमा'' त्यती सल्लाह दिएको केही हप्ता पछि उनले ‘बेबी सावर’ गरेर, ८ महिनाको पेट देखाएर, उनका परिवारका सदस्यले अनेक थरिका केक, चिसो पदार्थहरू ख्वाएको फोटो फेसबुकमा राखिन् ।

‘बेबी सावर’ को मतलब थाहा नपाएर ‘विदेशी’ हरूको नक्कल गर्नमा हामी नेपाली कति पोख्त । बेबी सावर’ विदेशी महिलाले गर्भवतीको साथीहरू, र महिलाहरू मात्र बसेर रमाइलो गरिन्छ । त्यहाँ त गर्भमा रहेको छोराछोरी जे भए पनि फरक पर्दैन, त्यसैले पहिले नै छोराछोरी थाहा हुन्छ । अनि जन्मने शिशुको लिंग अनुसारको लुगा र अनेक थरिका उपहार दिने चलन हुन्छ । यसमा लोग्ने मानिसहरू उपस्थित हुँदैनन् । तर नेपालको ‘बेबी सावर’ मा त पुरुष पनि हुन्छन् रे ! नेपाली संस्कृतीमा त गर्भवतीलाई नातेदारहरूले बोलाएर मन परेको खाना बनाउने चलन छ । “मीठो लागेको कुरा आमाले खान पाइनन् भने बच्चाले र्याल चुहाइरहन्छ” भन्ने किंवदन्ती पनि सुनिन्छन् । जे होस गर्भवतीलाई कुनै न कुनै रुपमा स्वस्थकर खाना परोस भन्ने यो चलनले देखाउँछ । नेवारी संस्कृतीमा चाहिँ गर्भवतीलाई घरमा बोलाएर ‘दही चिउरा’ ख्वाउने चलन छ ।

तर यस्तो चलनको सट्टा ‘बेबी सावर’ गरेर “हिन्दी फिल्मका अभिनेत्रीहरू जस्तै गरेर अनेक थरिका नक्कली गहना र झकिझकाउ लुगाा लगाएर, ठूलो पेट देखाएर, फिल्मको हिरो जस्तै श्रीमतीको पेटमा कान राखेर सुन्ने अनि ओहो नानी भनेर पेटमा म्वाइ खाने चलन त नेपालमा कहिले पनि थिएन” ६५ वर्षकी सोभा नामकी एक शिक्षीत, विदेशमा हुर्केकी महिलाले भनिन् “मेरा दुइ छोरी भए, मेरी छोरी पनि एक ठूलो विदेशी संस्थामा विदेशमा काम गरेको दश वर्ष भयो । खोइ उनले त विदेशमा पनि ‘बेबी सावर’ गरिनन् । हामी नेपालीहरूको ढकोसला नै बढी । हुँदा हुँदा विदेशीले विवाहमा सेतो लुगा लगाउन्छन्, अब हामी पनि किन रातो लुगाको सट्टामा सेतो लुगा प्रयोग नगर्ने र ? भन्ने दिन पनि आउलन”।  त्यो सुनेर हाँसोको फोहोरा छुट्यो ।

यसरी ‘बेबी सावर’ गरेर पेटको फोटो खिच्नको सट्टा योगासन गरेर, स्वास्थ्यकर खाएर, यदि शरीरमा चिनीको मात्रा बढेको छ, त्यसलाई कसरी कम गर्ने भनेर विचार गर्ने कि ‘बेबी सावर’ मा ठूलो पेट देखाएर, मुखमा केक कोच्ने ? हो ,कति जनाले भन्न सक्लान “कसैलाई केही गर्न मन लाग्छ भने गर्नं देउन त तिमीलाई के चासो ? तिमीसँग ‘बेबी सावर’ गर्न र केक काट्न पैसा मागेका छैनन् । तिमीलई दुःख दिएका छैनन् । तिमी किन उफ्रिनु ? ।” मलाई कसैले ‘बेबी सावर’ केही फरक पर्दैन, तर ब्यर्थको काम त गर्न भएन नि भनेर सल्लाह दिने त अधिकार मलाई पनि छ नि ? कसो ?