४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

केकको रोइलो: अरुणा उप्रेती

केकको रोइलो: अरुणा उप्रेती
अ+ अ-

अहिले बालबालिकालाई जन्मदिनमा केक काटेर ख्वाउने अभिभावकले के बुझ्नु पर्यो भने सानैदेखि उनीहरूले आफ्नो बालबालिकालाई “तिमीहरूको रोगसँग लड्ने शक्ति कम होस्” भनेर केक कोच्याएको हो भन्ने विचार गरे हुन्छ । कोरोनाको लकडाउनको बेलामा जन्मदिन केही भएका बेलामा केही ब्यक्तिहरूले ‘केक काटेर मैनबत्ती’ फू गरेर निभाएको दृश्य देखेँ र मलाई लाग्यो ‘यी अभिभावकले आफ्ना बच्चाहरूको रोगसँग लड्ने शक्ति पनि फू भएर अनेक संक्रमण होस्’ भन्ने विचार गरेका हुन् कि ? विदेशीहरूको अनुशासन, सफाइ  समयमा सबै काम गर्ने, आफ्नो काम गर्न छोराछोरीलाई सानै देखि सिकाउने बानी चाहिँ न हामीले सिक्न सक्यौं, न छोराछोरीलाई सिकाउन सक्यौं ।

तर जन्मदिनमा केक काट्न चाहिँ ठूलो कुरा हो जस्तै गरेर, अंगालो मार्यौ । आफ्नो देशको संस्कार सिकाउनुको सट्टा नानीलाई केक काटेर फू गर्न सिकाएपछि ती बालबालिकाले आमाबुबालाई आफ्नो जीवनबाट ‘फू’ गरेर, निकालीदिए के होला ? केही दिन अघि एक गर्भवती युवतीले मलाई फोन गरेर भनिन् “मेरो रगत जाँच गराउँदा त्यसमा चिनीको मात्रा केही बढी देखियो । मलाई एकदम चिन्ता लागिरहेछ के गर्ने होला ?” मैले उनलाई भनेँ “चिन्ता नगर,  स्त्री रोग विशेषज्ञसँग छलफल गर । आफ्नो खानामा रेशादार पदार्थ भएका खाना खाउ, गुलियो कम गर, योगा गर, ब्लड टेष्ट गर मसय समयमा'' त्यती सल्लाह दिएको केही हप्ता पछि उनले ‘बेबी सावर’ गरेर, ८ महिनाको पेट देखाएर, उनका परिवारका सदस्यले अनेक थरिका केक, चिसो पदार्थहरू ख्वाएको फोटो फेसबुकमा राखिन् ।

‘बेबी सावर’ को मतलब थाहा नपाएर ‘विदेशी’ हरूको नक्कल गर्नमा हामी नेपाली कति पोख्त । बेबी सावर’ विदेशी महिलाले गर्भवतीको साथीहरू, र महिलाहरू मात्र बसेर रमाइलो गरिन्छ । त्यहाँ त गर्भमा रहेको छोराछोरी जे भए पनि फरक पर्दैन, त्यसैले पहिले नै छोराछोरी थाहा हुन्छ । अनि जन्मने शिशुको लिंग अनुसारको लुगा र अनेक थरिका उपहार दिने चलन हुन्छ । यसमा लोग्ने मानिसहरू उपस्थित हुँदैनन् । तर नेपालको ‘बेबी सावर’ मा त पुरुष पनि हुन्छन् रे ! नेपाली संस्कृतीमा त गर्भवतीलाई नातेदारहरूले बोलाएर मन परेको खाना बनाउने चलन छ । “मीठो लागेको कुरा आमाले खान पाइनन् भने बच्चाले र्याल चुहाइरहन्छ” भन्ने किंवदन्ती पनि सुनिन्छन् । जे होस गर्भवतीलाई कुनै न कुनै रुपमा स्वस्थकर खाना परोस भन्ने यो चलनले देखाउँछ । नेवारी संस्कृतीमा चाहिँ गर्भवतीलाई घरमा बोलाएर ‘दही चिउरा’ ख्वाउने चलन छ ।

तर यस्तो चलनको सट्टा ‘बेबी सावर’ गरेर “हिन्दी फिल्मका अभिनेत्रीहरू जस्तै गरेर अनेक थरिका नक्कली गहना र झकिझकाउ लुगाा लगाएर, ठूलो पेट देखाएर, फिल्मको हिरो जस्तै श्रीमतीको पेटमा कान राखेर सुन्ने अनि ओहो नानी भनेर पेटमा म्वाइ खाने चलन त नेपालमा कहिले पनि थिएन” ६५ वर्षकी सोभा नामकी एक शिक्षीत, विदेशमा हुर्केकी महिलाले भनिन् “मेरा दुइ छोरी भए, मेरी छोरी पनि एक ठूलो विदेशी संस्थामा विदेशमा काम गरेको दश वर्ष भयो । खोइ उनले त विदेशमा पनि ‘बेबी सावर’ गरिनन् । हामी नेपालीहरूको ढकोसला नै बढी । हुँदा हुँदा विदेशीले विवाहमा सेतो लुगा लगाउन्छन्, अब हामी पनि किन रातो लुगाको सट्टामा सेतो लुगा प्रयोग नगर्ने र ? भन्ने दिन पनि आउलन”।  त्यो सुनेर हाँसोको फोहोरा छुट्यो ।

यसरी ‘बेबी सावर’ गरेर पेटको फोटो खिच्नको सट्टा योगासन गरेर, स्वास्थ्यकर खाएर, यदि शरीरमा चिनीको मात्रा बढेको छ, त्यसलाई कसरी कम गर्ने भनेर विचार गर्ने कि ‘बेबी सावर’ मा ठूलो पेट देखाएर, मुखमा केक कोच्ने ? हो ,कति जनाले भन्न सक्लान “कसैलाई केही गर्न मन लाग्छ भने गर्नं देउन त तिमीलाई के चासो ? तिमीसँग ‘बेबी सावर’ गर्न र केक काट्न पैसा मागेका छैनन् । तिमीलई दुःख दिएका छैनन् । तिमी किन उफ्रिनु ? ।” मलाई कसैले ‘बेबी सावर’ केही फरक पर्दैन, तर ब्यर्थको काम त गर्न भएन नि भनेर सल्लाह दिने त अधिकार मलाई पनि छ नि ? कसो ?