४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली एफसी र आर्मी केपी ओली कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । विभागीय टोली त्रिभूवन आर्मी क्लव र आयोजक टोली केपी ओली एफसीले जारी केपी ओली कप फुटबल प्रतियोगितामा सोमवार सेमिफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा आर्मीले विभागीय डर्बीमा नेपाल पुलिस क्लब र आयोजकले ‘ए’ डिभिजन क्लव न्युरोड टिम (एनआरटी) लाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

दिनको पहिलो खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २–० ले हरायो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश योन्जनले गोल गरे । दोस्रो खेलमा भने एनआरटी आयोजकलाई १–० ले नतिजा सुम्पिन बाध्य भयो । सुरज ज्यु ठकुरीको गोल नै आयोजकलाई सेमिफाइनलमा पुग्न पर्याप्त बन्यो ।

पहिलो खेलमा आर्मीले दुवै हाफमा समान एक गोल गरेका हुन् । आर्मीले सुरुदेखि नै पुलिसमाथि दबाब बनाएको थियो । खेलको १५औं मिनेटमा आर्मीले अवसर सिर्जना गर्यो । कप्तान जिलेस्पीजंग कार्कीको पेनाल्टी बक्सबाट गरेको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले सफल हुन दिएनन् । तर, १९औं मिनेटमा आर्मीले अवसर खेर फालेन । जिलेस्पीजंगकै उत्कृष्ट क्रसलाई नवयुगले वान टचमार्फत गोल गरेका हुन् । त्यसपछि केही अवसर सिर्जना भए पनि पहिलो हाफमा थप गोल भएन । दोस्रो हाफमा भने आर्मीले गोल गर्यो । तर लामो समयसम्म पर्खनुपर्यो ।

८१ औं मिनेटमा दिनेशको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । काउन्टर प्रयासमा आर्मीले यो गोल गरेको हो । जिलेस्पीजंगले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार गोलकिपर शत्रुधनले डाइभ गर्दै रोक्ने प्रयास गरे । तर, सोही बल रिबाउन्ड हुँदा नवयुगको कटब्याकलाई सदुपयोग गर्दै दिनेशले वान टचमार्पmत गोल गरेका हुन् । त्यसपछि गोल हुन सकेन र आर्मीले सहज जित निकाल्यो । दोस्रो खेलमा भने ‘ए’ डिभिजन क्लब एनआरटी पहिलो खेलबाटै बाहिरिए । केपी ओली एफसीका सुरजको गोल निर्णायक हुँदा एनआरटी बाहिरिन पुग्यो ।

खेलको पहिलो हाफमा भने बराबरी नै भयो । दोस्रो हाफमा भने आयोजकले गोल गर्दै अग्रता लियो । ६४औं मिनेटमा डिबक्स बाहिरबाट सुरजले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत भएको हो । नवीन लामाको फ्रिकिक एनआरटीका खेलाडीले क्लियर गरेर पेनाल्टी बक्स बाहिर पु¥याएका थिए । सोही बल नियन्त्रणमा लिँदै सुरजले गरेको एक्रोबेटिक सट एनआरटीका गोलकिपर विशाल सुनारले पत्तै पाउन सकेनन् । यसपछि बाँकी समयमा एनआरटीले गोल फर्काउन सकेन र आयोजक केपी ओली एफसीले सेमिफाइनलमा स्थान बनायो ।

अब आयोजकले फाइनल प्रवेशका लागि मच्छिन्द्र एफसी र भुटानको एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ । मंगलबार भएको दोस्रो खेलमा दिउँसो ३ बजे मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछ । त्यसअघि पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले प्रतिष्पर्धा गरेका छन् ।