२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ किलो ७७४ ग्राम लागुऔषधसहित तिन जना पक्राउ



अ+ अ-

काठमाडौँ। भारत तर्फ लैजान लागिएको साढे १४ किलोभन्दा बढी चरेशसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका नजिकैबाट तीन जना पक्राउ परेका छन्।

सुराकीका आधारमा प्रहरीले भारत जाँदै गरेका दुई महिला र एक पुरुषलाई जाँच गर्दा १४ किलो ७ सय ७४ ग्राम चरेश सहित रोल्पाको थवाङ गाउँपालिका–५ की प्रेमसरी रोका, रुकुम पूर्वको भुमे गाउँपालिका–२ की सरिता पुन मगर तथा कपिलवस्तुको शिवराज नगरपालिका–९, बनियाभारका सुकलाल घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो।

तीनै जना कम्मरमा सेतो कपडाले चरेश बाँधेर भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले प्रेमसरी रोकाबाट ६ किलो, सरिता पुन मगरबाट साढे ५ किलो र सुकलाल घर्तिबाट ३ किलो २ सय ग्राम चरेश बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।