२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार



अ+ अ-

काठमाडौँ : मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । उक्त पुरस्कार यही फागुन १७ गते एक कार्यक्रमबीच प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

गोरखामा १९६३ सालमा जन्मनुभएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो । नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो । उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको हो ।

विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पु¥याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ । यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ । रासस