२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नो केबलकार समूहका १५ जना पक्राउ (नामावलीसहित)



अ+ अ-

फुङ्लिङ। ताप्लेजुङमा प्रहरीले १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । केबलकारको विषयलाई लिएर विरेन्द्रचोकमा नो केबलकार र प्रहरी बिच भएको झडपको क्रममा १५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङ्गा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् ।

नामावलीसहित 
१.ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निवासी ४५ वर्षका नवीन पोमू
२.फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई
३.फालेलुङ गाउँपालिका वडा नं ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङ
४.हिलिहाङ गाउँपालिका वडा नं ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन
५.मिक्लाजुङ गाउँपालिका वडा नं ५ घर भई इलाम नगरपालिका वडा नं। ७ निवासी ५१ वर्षका योगेन्द्र लावती
६.आठराई गाउँपालिका वडा नं ७ तेह्रथुम घर  हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी निर्मला बराल (दर्नाल)
७.शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू
८.अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ
९. इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू,
१०.इटहरी उपमहानगरपालिका ३ सुनसरी१९ वर्षका जुरन राई
११.इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ
१२.इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा
१३.इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा
१४.ग्रामथान गाउँपालिका वडा नं ६ मोरङ घर भई हाल सुन्दरहरैचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ
१५.उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू