२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारले बराबरी खेले



अ+ अ-

काठमाडौं। काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगशालामा आइतबार भएको समुह चरणको अन्तिम खेलमा म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगिएको हो। बराबरीसँगै नेपाल र म्यानमारले एक/एक अंक बाँडेका छन्।

खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

तर ११ औं मिनेटमा नेपालले खेललाई १-१ को बराबरीमा पुर्यायो। सावित्रा भण्डारी ‘साम्बा’ ले एकल प्रयासमा अगाडि बढाएर दिएको सटिक पासमा सविताले पेनाल्टी बक्सबाट गोल गरिन्।

यो सँगै नेपाललाई म्यानमारले २-१ ले पछि पार्यो। तर ४१ औं मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा साम्बाले डि बक्स भित्रबाट आकर्षक गोल गरिन्। म्यानमार र नेपाल दुवै फाइनलमा पुगिसकेका छन्।