९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट सात बंगलादेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँबाट सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। गैरकानुनी रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

पक्राउ पर्नेमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद आलम मोल्ला, मोहम्मद जहाँगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद अम्दादुल हक, मोहम्मद नसिरउद्दीन र मोहम्मद मोसरफ होसेन होल्दार रहेको उनले बताए। आचार्यका अनुसार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ परेका उनीहरू भिसा अवधि सकिएर अवैध रूपमा नेपाल बसिरहेका थिए।