२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिग बोस–१७’ का विजेता फारुकीविरुद्ध उजुरी



अ+ अ-

एजेन्सी । लोकप्रिय हास्य कलाकार र बिग बोस १७ का विजेता मुनवर फारुकीविरुद्ध उजुरी परेको छ ।

अधिवक्ता अमिता सचदेवले नयाँ दिल्ली प्रहरीलाई इमेल पठाएर हास्यकलाकारमाथि अश्लीलता फैलाएको र धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाएका छन् ।

अधिवक्ता अमिता सचदेवले सामाजिक सञ्जालमा पोस्ट गरेर गुनासोको बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन् – ‘मुनवर फारुकीविरुद्ध उजुरी दर्ता भएको छ । जियो हटस्टारमा स्ट्रिम भइरहेको शो ‘हफ्ता बसुली’को लागि मैले अपराधी मुनवर फारुकी विरुद्ध उजुरी दायर गरेको छु ।’

केही समययता सो कार्यक्रमका धेरै क्लिप भाइरल भइरहेका छन्, जसमा मुनवर फारुकीले गालीगलौज र अश्लिल कमेन्ट गरेको देखिएको छ । धेरैले शोको आलोचना गर्दै प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।