२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । केपी ओली कप फुटबल आजबाट शुरु भएको छ । आइतबार एन्फा कम्प्लेक्समा  प्रधानमन्त्री केपी शर्मा ओलीले ७४ औँ जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्य लगायतका नेता कार्यकर्ता र कलाकारहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भईरहेको तेस्रो संस्करणको केपी ओली कपको उद्घाटन खेलमा आज उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी खेल्दैछन् ।

प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।