१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी
अ अ+ अ-

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो ।  

मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक–एक अङ्क बाँडेको थियो । 

सुदूरपश्चिमले भने पुलिसविरुद्धको पहिलो खेलमा दुई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो ।  

आजको खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा ७ विकेट विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिए । विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक ४ विकेट लिए । यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाए । 

बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एक्लैले ६ विकेट लिए । चार ओभर बलिङ गर्ने क्रममा सोबले मात्र आठ रन खर्चे । यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक एक विकेट लिए ।