२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देशको समृद्धि र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्छ’



अ+ अ-

जनकपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार देशको समृद्धि र विकासका लागि बनेकाले सोहीअनुसार एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए।

एमाले धनुषाले आज यहाँ आयोजना गरेको वडाकेन्द्रित पार्टी निर्माण अभियान अभिमुखीकरण कार्यक्रममा उनले वर्तमान सरकारले गरेको कामलाई जनताबीच पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

एमालेका सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले पार्टी सुदृढीकरणका लागि अनुशासन, सक्रियता र जनतामाझ निरन्तर सम्पर्क आवश्यक रहेको बताए । एमाले मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पार्टीको ‘मिसन २०८४’ लाई केन्द्रमा राखेर इमान्दारितापूर्वक सङ्गठन निर्माणमा जुट्न सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । रासस