८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेस्ट ग्रुपलाई अर्किड कप



अ+ अ-

काठमाडौं। बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा भएको फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाइब्रकेरमा ३–१ गेलले पराजित ग¥यो । निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । हाइली क्रिएटिभले ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराउदै तेश्रो भयो ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे । चौथो स्थानको ग्रिनविचले १० हजार नगद पुरस्कार पायो । प्रतियोगितामा बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी तथा हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित भए ।

बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रितम यादव सर्वाधिक गोलकर्ता बने ।विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष कैलाश कार्की, अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए ।