२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानद्वारा पहिलोपटक राष्ट्रिय सुरक्षा नीति सार्वजनिक



अ+ अ-

इस्लामाबाद । पाकिस्तानको इमरान खान सरकारले देशको इतिहासमा पहिलो पटक राष्ट्रिय सुरक्षा नीति जारी गरेको छ । सुरक्षा नीतिमा इमरान खान सरकारले भारतसँग राम्रो सम्बन्धको आशा व्यक्त गरेको छ । साथै जम्मू–कश्मीरलाई द्विपक्षीय सम्बन्धको मुख्य मुद्दाका रूपमा वर्णन गरिएको छ। सुरक्षा नीतिमा पाकिस्तानले हिन्दुत्वमा आधारित राजनीति पाकिस्तानको सुरक्षाका लागि चिन्ताको विषय भएको र त्यसले असर गरिरहेको पनि बताएको छ ।

सुरक्षा नीतिमा भारत र कश्मीरको धेरै पटक उल्लेख गरिएको छ। पाकिस्तानले कश्मीर मुद्दाको न्यायपूर्ण र शान्तिपूर्ण समाधान नभएसम्म यो द्विपक्षीय सम्बन्धको आधारशिला रहने बताएको छ। उक्त दस्तावेजले चीनसँग राम्रो सम्बन्ध कायम राख्नमा पनि जोड दिएको छ । यसले चीन–पाकिस्तान आर्थिक करिडोरलाई पाकिस्तानका लागि राष्ट्रिय महत्वको परियोजनाका रूपमा वर्णन गरेको छ। इमरान खान सरकारले रुससँग पनि राम्रो सम्बन्ध बनाउन चाहेको छ । पाकिस्तानले अमेरिकासँगको सहकार्यको लामो इतिहास रहेको बताएको छ । पाकिस्तान कुनै पनि शिविरको राजनीतिको हिस्सा बन्न चाहँदैन। सुरक्षा नीतिमा पाकिस्तान अमेरिकासँग बृहत् सम्बन्ध राख्न चाहन्छ भन्ने उल्लेख गरिएको छ ।

यसैबीच भारतका लागि पाकिस्तानका पूर्व राजदूत अब्दुल बासितले ट्विट गर्दै इमरान खान सरकारमाथि ठूलो हमला गरेका छन् । अब्दुल बासितले ट्वीट गर्दै भनेका छन्, “पाकिस्तानको राष्ट्रिय सुरक्षा नीतिले भारतसँग वार्ता र व्यापारको सुझाव दिनुपर्छ, त्यो पनि त्यतिबेला मात्र जतिबेला भारत कश्मीरमा सम्झौता गर्न तयार छैन। म भन्न चाहन्छु कि यो एक ठूलो गल्ती हुनेछ।” यसले पाकिस्तानको कश्मीर नीतिलाई कमजोर बनाउन सक्ने उनले बताए । एजेन्सी