२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहमा दुई समूहबीच झडप हुँदा युवकको मृत्यु



symbolic picture
अ+ अ-

बाजुरा। बाजुरा बूढीगंगा नगरपालिका–८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ बर्षीय रणबहादुर थापा छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप भएको थियो।

 बिहीबार राति बिहे भोजमा झडप हुँदा थापामाथि मुस्ली (ओखलमा कुट्ने हतियार) प्रहार गरिएको थियो । ‘मुस्ली प्रहारबाट गम्भीर घाइते भएका थापाको शुक्रबार अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कुटपिटको आरोपमा तीन जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दीर्घ विष्ट, लोकेन्द्र खड्का र खेमराज विष्ट रहेका छन्। अन्य दुई जनालाई पनि घटनाको बारेमा सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।