२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

नेपालको १२ जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी, संक्रमितलाई आइसोलेट नगरे संक्रमण नियन्त्रण गर्न गाह्रो

नेपालको १२ जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी, संक्रमितलाई आइसोलेट नगरे संक्रमण नियन्त्रण गर्न गाह्रो
अ अ+ अ-

काठमाडौँ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला भदौ १ मा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं मात्रै थिए । मंगलबारसम्ममा भने यस्ता जिल्लाको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देहीमा धेरै संक्रमित छन् । यी जिल्लामा मात्रै सक्रिय संक्रमित १३ हजार ९४ जना छन् । यो संख्या मुलुकभरका संक्रमितको ७२।२९ प्रतिशत हो । मुलुकभर १८ हजार १ सय १२ सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यस दिनदेखि मंगलबारसम्ममा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ मा संक्रमितको संख्या २ हजार ४ सय ९८ थियो । मंगलबार संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ ।

१४ दिनमा ३ हजार ७ सय ७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा भदौ ३ मा १ हजार ९ सय ७७ जना संक्रमित रहेकामा मंगलबार सो संख्या ४ हजार ९ सय १७ पुगेको छ । मुलुकभर भदौ २ मा २८ हजार २ सय ५७ जना संक्रमित रहेकामा मंगलबारसम्म ४० हजार ५ सय २९ जना पुगेको छ । यस्तै भदौ १ यता कोरोनाकै कारण १ सय ३१ जनाको मृत्यु भइसकेको छ । निषेधाज्ञा लागू भएयता काठमाडौं उपत्यकामा मात्रै २६ जनाको ज्यान गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा। वासुदेव पाण्डेले संक्रमितको संख्या अझै बढ्न सक्ने बताउँछन् । ईडीसीडीका प्रतिनिधिसहितको टोलीले स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ गर्न थालेकाले संक्रमितको संख्या बढ्न सक्ने उनको भनाइ छ । प्रशासनले जारी गरेको निषेधाज्ञाको अवधिमा संक्रमित बढी देखिएकाले समुदायस्तरको अवस्था पत्ता लगाउन नमुना संकलनसमेत गरिएको उनले बताए । ‘यसरी संकलन गरिएको नमुनामा पनि संक्रमित पाइएको छ,’ उनले भने । ईडीसीडीले पछिल्लो समय संक्रमण बढी देखिएका कोटेश्वर, बालुवाटार, चाबहिल, वनस्थली, बानेश्वर तथा चक्रपथबाहिर महालक्ष्मी नगरपालिका, बूढानीलकण्ठ, कीर्तिपुरलगायत क्षेत्रमा नमुना संकलन गरेको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यसको व्यवस्थापनमा चुनौती थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘सरकारले तोकेका मापदण्ड पालना गरी संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि बचाउन भूमिका खेलौं,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

अब के गर्नुपर्छ ?

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञा बुधबार रातिबाट सकिँदै छ । दोस्रोपटक थप गरी लम्ब्याइएको निषेधाज्ञालाई निरन्तरता दिने कि हटाउने भन्नेबारे सरोकारवाला सबै पक्ष अहिले दोधारमै छन् । उपत्यकाबाहिरका जिल्लाको जनजीवनलाई पनि सामान्य बनाउन के गर्ने भन्नेबारे सर्वत्र बहस भइरहेको छ । जनस्वास्थ्यविद्हरूको भनाइमा भने यो अवस्थामा निषेधाज्ञा पूर्ण रूपमा खोल्नु प्रत्युत्पादक हुन सक्छ तर निषेधाज्ञा जारी राखेर संक्रमणलाई कम गर्ने जनस्वास्थ्यका आधारभूत मापदण्डहरू नै सशक्त रूपमा लागू नगर्ने हो भने त्यसको कही औचित्य हुँदैन ।

जोन हप्किन्स हेल्थ सिस्टमका क्वालिटी म्यानेजर तथा क्लिनिकल एनालाइटिक्सका विज्ञ डा। विशाल भण्डारीका अनुसार नेपालमा हाल कुल परीक्षणका आधारमा संक्रमित हुने दर ८.८ प्रतिशत छ । उनका अनुसार पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) ५ प्रतिशतभन्दा माथि हुनुले कि त समुदायमा संक्रमितहरूको संख्या धेरै छ भन्ने बुझाउँछ वा संक्रमितको अनुपातमा परीक्षण कम भयो भन्ने देखाउँछ । ‘नेपालको पीपीआर धेरै माथि छ । समुदाय स्तरमा नै संक्रमण पुगिसक्यो भन्ने आशंकालाई यसले बल दिन्छ,’ उनले भने, ‘त्यसैले हामीले कि त परीक्षणको दायरालाई बढाउँदै भेटिएका संक्रमितहरूलाई आइसोलेट गर्नुपर्‍यो । होइन भने नियन्त्रण गर्न गाह्रो हुन्छ ।’

डा. भण्डारीका अनुसार पीपीआरलाई दुई सातासम्म ५ प्रतिशतभन्दा मुनि राख्न सकियो भने मात्रै आमजनजीवनलाई केही खुकुलो बनाउन सकिने सुझाव विश्व स्वास्थ्य संगठनले नै दिएको छ । जोन हप्किन्स विश्वविद्यालयमा जनस्वास्थ्यविद्का रूपमा कार्यरत डा। दिनेश न्यौपने पनि डा. भण्डारीको तर्कसँग सहमत छन् । ‘बन्दबाट आजित भएर धेरै जनाले बन्द खोले पनि हुन्थ्यो भनेका छन् । तर, बन्द खोल्नेबित्तिकै कोरोनाको संक्रमण ह्वात्तै बढ्ने सम्भावना धेरै छ,’ डा. न्यौपानेले भने, ‘कोरोनाको संक्रमण बढ्यो भने रोजगारीका अवसर तुरुन्तै सिर्जना हुँदैनन् । तपाईं हामीले सोचे जस्तो जनजीवन सहज हुँदैन । यसले आत्महत्या र डिप्रेसनको समस्या हल गर्ने देखिँदैन । दुईरचार दिनको खुसी मात्र हुन्छ ।’ उनले कोरोनाका नयाँ संक्रमितको संख्या १४ दिनसम्म निरन्तर ओरालो नलागी बन्द खोल्नु प्रत्युत्पादक हुने बताए । उनले भने, ‘तर, सधैं बन्द गर्नु पनि हुँदैन ।

कम्तीमा अहिले नेपालभित्रका संक्रमितहरू पहिचान गरेर तिनीहरू सबैलाई आइसोलेसनमा राखिसकेपछि, सम्भावित संक्रमितहरूलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि र विदेशबाट आउने संक्रमितलाई घुलमिल हुन नदिएपछि मात्र बन्दलाई खुकुलो पार्दै लानु वैज्ञानिक हुन्छ ।’ डा. न्यौपानेका अनुसार सम्भव र व्यावहारिक हुने भए अर्को उपाय भनेको १४ दिनसम्म एउटा पनि संक्रमति नभेटिएका स्थानीय तहहरूमा अरू स्थानीय तहसँग आवाजजावतमा निगरानी राखेर सावधानीपूर्वक खोल्दै जानु पनि हुन सक्छ । ‘तर, यो त्यति सजिलो काम होइन । इच्छाशक्ति हुने हो भने असम्भव पनि देखिँदैन,’ उनले भने ।

डा. भण्डारीका अनुसार नेपालमा प्रतिहजार परीक्षणमा संक्रमित भेटिने दर छिमेकी राष्ट्र भारतकै हाराहारी छ । भारत र नेपालमा प्रतिहजार परीक्षणमा ८२ जना संक्रमित भेटिने गरेका छन् । ‘यसले हामीकहाँ संक्रमणको स्तर भारतको तुलनामा केही पनि भिन्न छैन भन्ने देखाउँछ,’ उनले भने, ‘हामीकहाँ एक सातायता संक्रमित हुनेको दर भारतमा भन्दा बढी छ । भारतले धेरै परीक्षण गरेर दरलाई घटाउँदै लगेको छ । हाम्रोमा भने बढ्दै गएको देखिन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पनि निषेधाज्ञा मात्रै लगाउनुभन्दा संक्रमण नियन्त्रणका आधारभूत उपायहरूको गम्भीरताका साथ पालना गर्नुपर्नेमा जोड दिए । ‘निषेधाज्ञाले मात्रै संक्रमण रोक्न सक्दैन । अहिलेको अवस्था हेर्दा समुदायमै संक्रमितहरू लुकेर बसेका छन् कि भन्ने देखिन्छ,’ उनले भने, ‘त्यसैले सकेसम्म धेरै परीक्षण गरेर संक्रमित पत्ता लगाउने र उनीहरूलाई आइसोलेट गर्ने तथा कन्ट्याक्ट ट्रेसिङ गरेर शंकास्पदलाई क्वारेन्टाइन गर्ने हो भने मात्रै नियन्त्रण गर्न सकिन्छ । टेस्ट र ट्रेसिङ गतिलो हुनैपर्छ ।’ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार विज्ञहरूले लकडाउन सुरु हुँदाको समयदेखि निरन्तर दिइरहेको सुझावलाई सरकारले गम्भिरतापूर्वक लिएको छैन । नागरिकले पनि संक्रमण नियन्त्रण गर्नका लागि आफ्नो स्तरबाट भूमिका निर्वाह गरेका छैनन् ।

यस्तै स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मंगलबार सहभागी जनस्वास्थ्यविद् डा. सुरेश तिवारीका अनुसार पनि समाजमा घरमै बसेका महिला र वृद्धालाई पनि संक्रमण देखिन थालेकाले भाइरस समुदायस्तरमै पुगिसकेको आशंका बढेको छ । ‘सुरुमा देखिएका संक्रमित विदेशबाट आएका थिए । अहिले ९० प्रतिशतभन्दा बढी स्थानीय छन्,’ उनले भने, ‘पछिल्लो समयमा परीक्षण गर्दा पोजिटिभ आउनेको संख्या पनि बढी छ ।’ कान्तिपुर दैनिक