२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सकियो



अ+ अ-

काठमाडौं । स्थानीय तहको चुनावबारे आज निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय काठमाडौंको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।

बैठक केहीबेर अगाडि सक्किएको हो । आजको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको छ ।  बैठकमा नेताहरूले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने सुझाव दिएका छन् ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ ।

संविधान अनुसार स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले प्रस्ताव गरेको छ ।