२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नहुँदा काठमाडौंमा कोरोना संक्रमण बढ्दो



अ+ अ-

काठमाडौ । जिल्लामा प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोना संक्रमण बढेको पाइएको दाबी विज्ञहरूले गरेका छन् । कोरोना नियन्त्रणका लागि आवश्यक मुख्य पक्ष संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई २४ घण्टाभित्र जानकारी दिनु र ५ दिनसम्म क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गर्नु हो । यो काममै लापरबाही हुनाले निषेधाज्ञामा पनि संक्रमण दर उल्टै बढिरहेको उनीहरूको आरोप छ । राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले काठमाडांै महानगरपालिकाले समयमै तालिमप्राप्त जनशक्तिको तयारी गरेर कन्ट्याक्ट ट्रेसिङको काम नगरेकै कारण उपत्यकाका अन्य जिल्लाको तुलनामा संक्रमण बढिरहेको हो । काठमाडौं महानगरपालिकाले उपत्यकामा संक्रमण वृद्धि हुनुपूर्व नै तयारी गर्नुपर्नेमा अहिलेसम्म जनशक्ति तयारी नगरेको उनले बताए । जनशक्ति कमी भएपछि महानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यलय र रोग नियन्त्रण महाशाखासित सहयोग मागिरहेको हुन्छ । जुन काम गर्न सम्भव छैन । ‘इपिडिमोलोजीले घर–घरबाट नमुना संकलन गरेको छ, जुन काम सक्दैन, यो शाखाको काम नीति बनाउने मात्र हो, लागु स्थानीय निकायले गर्नुपर्छ,’ उनले भने ।  

कोभिड १९ महामारीमा कन्ट्याक्ट ट्रेसिङ गर्नको लागि महाशाखाले तीनवटै स्थानीय निकायको हकमा निर्देशिका बनाइसकेको छ । जुन निर्देशिकाअनुसार गाउँपालिकाको हकमा तीनजना स्वास्थ्यकर्मीको समूह, नगरपालिकाको हकमा २ वटा टोली, उपमहानगरपालिकाको हकमा तीनवटा टोली र महानगरपालिकाको हकमा ५ वटा टोली बनाएर परिचालन गर्ने नियम छ । यो निर्देशिकाअनुसार काठमाडौं महानगरपालिकाले अहिलेसम्म टोली गठन नगरेको उनको आरोप छ । केही समयअघिसम्म स्वास्थ्य शाखाको प्रमुखसमेत गैरस्वास्थ्यकर्मी भएकाले समयमै कन्ट्याक्ट ट्रेसिङको टोली गठन हुन नसकेको पनि आरोप छ । शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार समयमै व्यवस्थित कन्ट्याक्ट ट्रेसिङ व्यवस्थापन गर्न संक्रमण वृद्धि भएअनुसार जनशक्ति थप्दै जानुपर्छ ।

उनका अनुसार महानगरपालिकाको हकमा कतिपय दिनमा ३ सयभन्दा बढी नयाँ संक्रमित देखिएकाले १० वटा टोलीको जनशक्रि पर्याप्त छैन । समयमै कोरोना नियन्त्रण गरेका देशहरूमा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी भएको पाइएकाले महानगरपालिकाले यो कार्यलाई प्रभावकारी बनाउनुपर्ने उनको सझुाव छ । यसका लागि स्थानीय निकाय र संक्रमित पक्ष दुवैको भूमिका हुने उनले बताए । सम्पर्कमा रहेका व्यक्तिहरू समेत पिसिआर परिक्षण हुनुअघिबाटै क्वारेन्टिनमा बसेर सहयोग गर्नुपर्ने उनको सुझाव छ । काठमाडौं राष्ट्रिय इपिडिमोेलोजी तथा रोग नियन्यण महाशाखाका सूचना अधिकारी महेन्द्रध्वज अधिकारीले काठमाडौंमा संक्रमण बढ्न थालेपछि दुई साताअघि मात्रै कन्ट्याक्ट ट्रेसिङका लागि महाशाखाले तालिम दिएको छ । कन्ट्याक्ट ट्रेसिङबारे गलत बुझाइ रहेकोले पनि गलत प्रचार भएको अधिकारी बताउँछन् ।  

कन्टयाक्ट ट्रेसिङ विधिअनुसार संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई तुरुन्तै जानकारी दिने र ५ देखि ७ दिनभित्र परीक्षण गर्नुपर्छ । तर गलत बुझाइका कारण तुरुन्तै परीक्षणको माग हुने गरेको अधिकारीले बताए । ‘संक्रमित व्यक्तिको सम्र्पकमा पुगेका व्यक्तिको ५ दिन नभएसम्म भाइरस पोजिटिभ देखिँदैन, त्यही भएर ५ दिनपछि परीक्षण गछौैं,’ उनले भने । उपत्यकामा असारदेखिनै संक्रमण देखिएको थियो । तर साउनको तेस्रो सातादेखि उल्लेखनीय संख्यामा संक्रमण देखिएको हो । संक्रमण फैलिएको तीन सातापछि मात्र भएका जनशक्तिलाई तालिम दिएको घटनाक्रमले देखाउँछ । काठमाडौं जिल्ला जनस्वास्थ्यले पनि महानगरपालिकामा १० वटा समूह तयार भइसकेको जनाएको छ । अपुग जनशक्तिको लागि जिल्ला जनस्वास्थ्य तथा राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले समन्वय गरेर टे«सिङ गर्ने गरेको जनाएको छ । अपुग जनशक्तिको लागि तीन दिनअघि मात्रै बैठक बसी थप जनशक्ति राख्ने निर्णय भएको र एक सातापछि समस्या हल हुने काठमाडौं जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी पार्वती बिष्टले बताइन् ।  

मात्र महानगरपालिकाकामा कन्ट्याक्ट ट्रेसिङ भए पनि यो जिल्लाको जनसंख्या, कतिपय संक्रमितको फोन नम्बर नै गलत टिपिनु, फोन स्विच अफ् हुनुले पनि कतिपय संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ हुन नसकेको बिष्टले स्वीकारिन् । अहिले महानगरपालिकामा १० वटा टोली निर्माण गरेर टे«सिङको गरिरहेकोमा अपुग भएपछि महानगरपालिका सवै वडाका स्वास्थ्य जनशक्तिलाई तालिम दिएर परिचालन गरेको महानगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर वलीले बताए । तर यो महानगरपालिकाभित्र दैनिक बढिरहेको संक्रमणको कारण प्रभावकारी हुन नसकेको वलीले स्वीकार गरे । ‘कतिको सम्पर्क नै हुँदैन, कतिको मोवाइल नै स्विच अफ् छ,’ उनले भने । कतिपय डेरामा होम आइसोलेसन बस्नेहरूले मापदण्डअनुसार आइसोलेसन नहुँदा पनि संक्रमण बढेको वलीले बताए । बढ्दो संक्रमणअनुसार कन्ट्याक्टट्रेसिङ गर्न ३ वटा जनस्वास्थ्य अधिकृत र ५ जना ल्याब टेक्निसियन नियुक्ति प्रक्रिया अघि बढिसकेको उनले बताए । महानगरपालिका जनशक्ति सोत महाशाखाका निर्देशक हरि कुवँरले अहिलेको समस्या सम्बोधन गर्न ८ जना जनशक्ति छनोट प्रक्रियामा रहेको र तत्कालै इपिडिमोलोजी महाशाखाबाट जनशक्ति भाडामा लिने तयारी समेत भइरहेको उनले बताए ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख जनस्वास्थ्य विशेषज्ञ महेन्द्र श्रेष्ठका अनुसार संक्रमित संख्या बढेपछि महानगरपालिकाले पहिलेको भन्दा बढी जनशक्ति परिचालन गरी कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको छ । केही समयअघि जनशक्तिको कमी रहेको उनले स्वीकार गरे । काठमाडौं जिल्लाको हकमा कन्ट्याक्ट ट्रेसिङ अपुग भएर मात्र नभई कोरोना संक्रमण समूह–समूहमा पुगेकोले संक्रमण बढी भएको उनको दाबी छ । ‘लकडाउन नगरेको भए काठमाडौंको जनसंख्यामा संक्रमण फैलिएर भारतको स्थिति हुन्थ्यो’ उनले भने । नागरिक दैनिक