२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानको बहुआयामिक महत्त्व बचाउन भाषाको संरक्षण आवश्यक छ : मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ।  अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा राष्ट्रिय कविता महोत्सव गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित महोत्सवमा ४८ भाषामा कविले आ–आफ्ना रचना वाचन गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवले लोपोन्मुख भाषाको संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै मुलुकमा लोपोन्मुख र दुर्लभ भाषा लोप हुन लागेकाले तीनको संरक्षण गर्नुपर्ने बताए।

मातृभाषाले व्यक्त गर्ने भावना अन्य भाषाहरूले दुरूस्त अभिव्यक्त गर्न नसक्ने बताउँदै उहाँले ज्ञानको बहुआयामिक महत्त्व बचाउनका लागि भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पाण्डेले संसारभर सात हजार भाषा बोलिने र देशभर अहिले एक सय ३१ वटा भाषा प्रचलित रहेको उल्लेख गर्दै थप खोज अनुसन्धान हुँदै जाँदा भाषा बढ्दै जाने सम्भावना रहेको बताए ।

दुर्लभ भाषाको संरक्षण र विकासका लागि सबैले ध्यान दिनुपर्ने बताउँदै उनले भने, “अहिले कुसुण्डा बोल्ने एक जना व्यक्ति मात्रै छन् । लोपोन्मुख र दुर्लभ भाषा लोप हुँदै गएको छ । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरूरी छ ।”

प्रत्येक भाषाको अर्थ, संवेदनशीलता, सन्देश, दर्शनले मानव सभ्यताको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्न सहयोग पु¥याउने बताउँदै मन्त्री पाण्डेले भाषा, संस्कृतिको संरक्षणबाट पनि आयआर्जन गर्न सकिने बताए ।

प्रतिष्ठानका कूलपति भुपाल राईले बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा सबैका भाषा संस्कृतिको संरक्षण गर्ने प्रतिष्ठानको नीति रहेको बताउनुभयो । सबै जाति समुदायका भाषा मानव समुदायको अमूल्य निधि भएको बताउँदै तीनको संरक्षणमा जोड दिए। सो अवसरमा जनही एक लाख राशिको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार गणेश वाम्बुले राई र कमलसिंह रानालाई प्रदान गरिएको थियो । रासस