३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकै महिनामा २० लाखमा कोरोना संक्रमण



अ+ अ-

भारत । भारतमा अगस्ट महिनाभरमा मात्रै झन्डै २० लाखमा संक्रमण देखिएको छ । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ । 

सरकारले अर्थतन्त्र प्रवद्र्धन गर्न अहिले कडाई खुकुलो गरिरहेको छ, मार्चमा लकडाउन सुरु गरेयता करोडौंले रोजगारी गुमाएका थिए ।  अगस्टमा भारतमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो । 

परीक्षण क्षमता ह्वात्तै बढाएपनि अझै भारतको परीक्षण दर कम छ । यहाँ प्रति १० लाखमा झन्डै ३२ हजारको परीक्षण गरिएको छ । यसका बाबजुद भारतमा निको हुनेको संख्या भने राम्रो छ । पहिचान भएका झन्डै १ सय संक्रमितमध्ये ७७ जना निको भएका छन् । त्यस्तै, मृत्युदर कम छ । यहाँ मृत्यु दर २ प्रतिशतभन्दा कम छ ।