२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ



अ+ अ-

काठमाडौँ। नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् ।

विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा-६ मुलपानीबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।