२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको मन्त्री दाहालको स्वीकारोक्ति



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले लक्ष्यअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बौल्दै मन्त्री दाहालले स्मार्ट कार्ड वितरणमा मन्त्रालयले प्रगति गर्न नसकेको स्वीकार गर्नुभएको हो ।

विपद् व्यवस्थापनको क्षेत्रमा मन्त्रालयले उल्लेख्य प्रगति गरेको भएपनि मूल्याङ्कन नगरिएको उहाँको गुनासो छ । उहाँले चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक समीक्षाका क्रममा भौतिक मन्त्रालयको प्रगति ७.९ प्रतिशत मात्रै आएको कारण मन्त्रालयको नाम नै प्रगतिको आधारमा ७।९ राखिएको भएपनि आफूहरु निराश नभएको बताउनु भयो । उहाँले बुटवल–नारायणगढ र मुग्लिङ–पोखरा सडकखण्ड निर्माणमा उल्लेख प्रगति भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘स्मार्ट लाइसेन्स चाँही हामीले ९ लाख छापेर दिने भनेका रहेछौं । तर हामीले १ लाख ६९ हजार ४ सय ३९ मात्र दिन सकेका रहेछौं । यो हाम्रो पुवर प्रगति हो । हामीले पानी जहाज विधेयक संसदमा पेश गर्ने भनेका रहेछौं । त्यो हामीले पेश गरेका छौं । यसबीचमा हामी विपद्को लागि कामहरु गरेका छौं । यसको चाँही मूल्याङ्कन नै नगर्ने त ? अहिले त भौतिक पूर्वाधार मन्त्रालयको नाम नै ७.९ भयो क्या । यस सवालमा म निराश भएका छैन । हामीले धेरै कामहरु गरेका छौं । काम गर्ने प्रयत्न गरेका छौँ । बुटवल नारायणगढ सडकखण्डमा हामीले यति धेरै प्रयत्न ग¥यौं कि भनि साध्य नै छैन । यस सम्बधमा हामीले चिनियाँ उच्च लिडरसिपसँग पनि हामीले यो विषयमा कुराकानी गरेका छौं । यो त देशको लाइफलाइन हो नि । त्यहाँ काम नहुने भयो । ठेक्का टोडेर बनाए पछाडि जाने भएका कराण त्यही ठेकेदारको पछि लागेर त्यो सम्पन्न गर्ने चरणमा पुगेका छौं । मुग्लिङ–पोखरा जानुभयो भने हामीलाई तपाईले धन्यावाद दिनुहुन्छ । हामीले काम गरिराखेका छौं ।’

उहाँले कुनैपनि सांसद एवं मन्त्रीको प्रगति विवरणको मार्कसिट वितरण नगर्न समेत अनुरोध गर्नुभयो ।