काठमाडौँ । युवा पुस्तामाझ चर्चित गायक सुजन चापागाईंको ब्यान्डको अमेरिकामा तय भएको कार्यक्रम स्थगित भएको छ ।
गायक चापागाईंका अनुसार नेपालस्थित अमेरिकी राजदूतावासले ब्यान्डका सबै सदस्यको भिसा नदिएपछी कार्यक्रम रद्ध गरिएको हो ।
२०२५ मार्च देखि अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरमा तय भएको सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो ।
नेपालस्थित अमेरिकी राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेको चापागाईंले फेसबुकमा उल्लेख गरेका छ्न् ।
‘लगभग २वर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुनः सुरुवात गर्ने वाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ’ उनले फेसबुकमा लेखेका छन्, ‘यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु। हामी पुनः भेटने छौं ।’










