२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा

अमेरिकाको भिसा नपाएपछि सुजन चापागाईं टिमको कार्यक्रम रद्द

अमेरिकाको भिसा नपाएपछि सुजन चापागाईं टिमको कार्यक्रम रद्द
अ अ+ अ-

काठमाडौँ । युवा पुस्तामाझ चर्चित गायक सुजन चापागाईंको ब्यान्डको अमेरिकामा तय भएको कार्यक्रम स्थगित भएको छ ।

गायक चापागाईंका अनुसार नेपालस्थित अमेरिकी राजदूतावासले ब्यान्डका सबै सदस्यको भिसा नदिएपछी कार्यक्रम रद्ध गरिएको हो ।

२०२५ मार्च देखि अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरमा तय भएको सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो ।

नेपालस्थित अमेरिकी राजदुतावासमा आज भिसाको लागि भएको अन्तरवार्ताको क्रममा ८ जना ब्याण्डका सदस्य मध्ये १ जनाले मात्र भिसा प्राप्त गर्दा पूर्वनिर्धारित कार्यक्रमहरू प्रभावित बनेको चापागाईंले फेसबुकमा उल्लेख गरेका छ्न् ।

‘लगभग २वर्षको आन्तरिक तयारी पश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाइभ जर्नी पुनः सुरुवात गर्ने वाचा पुरा गर्न नसक्ने जानकारी गराउँदै गर्दा नमिठो अनुभव पक्कै भएको छ’ उनले फेसबुकमा लेखेका छन्, ‘यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पूर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु। हामी पुनः भेटने छौं ।’