१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

हङकङ एयरपोर्टले १५३ राष्ट्रका यात्रुलाई ट्रान्जिटमा प्रतिबन्ध लगायो

हङकङ एयरपोर्टले १५३ राष्ट्रका यात्रुलाई ट्रान्जिटमा प्रतिबन्ध लगायो
अ अ+ अ-

हङकङ । हङकङले विश्वव्यापी वित्तीय केन्द्रको एकान्तपनलाई गहिरो पार्दै कोरोनाभाइरसका कारण उच्च जोखिम मानिने करिब १५० मुलुक र क्षेत्रबाट एक महिनाका लागि ट्रान्जिट उडानहरू स्थगित गरेको छ ।

गत वर्षको अन्त्यदेखि यो शहरमा द्रुतरूपमा फैलिरहेको ओमिक्रोन भेरियन्टको करिब ५० वटा मामिला देखिएकै बेला यस्तो कदम चालिएको हो ।

प्रकोप हुनु अघि अर्थात क्याथे प्यासिफिक एयरवेजका दुई एयरक्रू सदस्यमा देखिनुअघि हङकङमा तीन महिनासम्म यो त्यसरी फैलिएको थिएन । 

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, “यात्रा गर्नुअघि २१ दिनसम्म स्वास्थ्य अधिकारीहरूले उच्च जोखिमका रूपमा वर्गीकृत गरेका स्थानमा बसेका कुनै पनि व्यक्तिले जनवरी १६ देखि फेब्रुअरी १५ सम्म सहरबाट ट्रान्जिट गर्न सक्ने छैनन् ।”

यो कदम ‘अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्टको फैलावटलाई नियन्त्रण गर्नका लागि’ लिइएको विमानस्थलले बताएको छ। हङकङले हाल १५० भन्दा बढी देश र क्षेत्रलाई उच्च जोखिमका रूपमा वर्गीकरण गरेको छ।

गत हप्ता यसले अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकाबाट इन्टरचेन्जसहित आगमन उडानमा प्रतिबन्ध लगाएको थियो।

चीनशासित यो सहरले स्थानीय कोभिड–१९ मामिलाप्रति शून्य सहिष्णुता अपनाउने मुख्य भूमि चीनको नीतिलाई पछ्याएको छ ।

हालैका सातामा अधिकारीहरूले एयरक्रूमा क्वारेन्टाइन प्रतिबन्धलाई  कडा बनाएका छन् र सामाजिक जीवनमा पुनः प्रतिबन्ध लगाएका छन् ।

बार र क्लब, सिनेमाघर, जिम र ब्यूटी सैलुनसहित १५ प्रकारका ठाउँ बन्द गर्न आदेश दिइएको छ भने रेस्टुरेन्टमा खाना छ बजेपछि प्रतिबन्धित छ। प्राथमिक विद्यालय र किन्डरगार्टनहरू पनि बन्द छन्। (अलजजिरा)