• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

हङकङ एयरपोर्टले १५३ राष्ट्रका यात्रुलाई ट्रान्जिटमा प्रतिबन्ध लगायो



हङकङ । हङकङले विश्वव्यापी वित्तीय केन्द्रको एकान्तपनलाई गहिरो पार्दै कोरोनाभाइरसका कारण उच्च जोखिम मानिने करिब १५० मुलुक र क्षेत्रबाट एक महिनाका लागि ट्रान्जिट उडानहरू स्थगित गरेको छ ।

गत वर्षको अन्त्यदेखि यो शहरमा द्रुतरूपमा फैलिरहेको ओमिक्रोन भेरियन्टको करिब ५० वटा मामिला देखिएकै बेला यस्तो कदम चालिएको हो ।

प्रकोप हुनु अघि अर्थात क्याथे प्यासिफिक एयरवेजका दुई एयरक्रू सदस्यमा देखिनुअघि हङकङमा तीन महिनासम्म यो त्यसरी फैलिएको थिएन । 

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, “यात्रा गर्नुअघि २१ दिनसम्म स्वास्थ्य अधिकारीहरूले उच्च जोखिमका रूपमा वर्गीकृत गरेका स्थानमा बसेका कुनै पनि व्यक्तिले जनवरी १६ देखि फेब्रुअरी १५ सम्म सहरबाट ट्रान्जिट गर्न सक्ने छैनन् ।”

यो कदम ‘अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्टको फैलावटलाई नियन्त्रण गर्नका लागि’ लिइएको विमानस्थलले बताएको छ। हङकङले हाल १५० भन्दा बढी देश र क्षेत्रलाई उच्च जोखिमका रूपमा वर्गीकरण गरेको छ।

गत हप्ता यसले अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र संयुक्त राज्य अमेरिकाबाट इन्टरचेन्जसहित आगमन उडानमा प्रतिबन्ध लगाएको थियो।

चीनशासित यो सहरले स्थानीय कोभिड–१९ मामिलाप्रति शून्य सहिष्णुता अपनाउने मुख्य भूमि चीनको नीतिलाई पछ्याएको छ ।

हालैका सातामा अधिकारीहरूले एयरक्रूमा क्वारेन्टाइन प्रतिबन्धलाई  कडा बनाएका छन् र सामाजिक जीवनमा पुनः प्रतिबन्ध लगाएका छन् ।

बार र क्लब, सिनेमाघर, जिम र ब्यूटी सैलुनसहित १५ प्रकारका ठाउँ बन्द गर्न आदेश दिइएको छ भने रेस्टुरेन्टमा खाना छ बजेपछि प्रतिबन्धित छ। प्राथमिक विद्यालय र किन्डरगार्टनहरू पनि बन्द छन्। (अलजजिरा)