१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सोहिजनका बोट फुलेर सेताम्यः किसानको मुहारमा खुसी

सोहिजनका बोट फुलेर सेताम्यः किसानको मुहारमा खुसी
फाईल फोटो
अ अ+ अ-

महोत्तरी । सोहिजनका बोट (रुख)मा सेताम्य फूलेपछि यहाँका किसान खुसी भएका छन् । बोलिचालीमा मुन्गा भनिने यो तरकारीको मधेसको मिथिला क्षेत्रमा विशेष महत्व छ ।

“यसपालि सोहिजन राम्रो फुलेको छ, पूmलअनुसार फल लागे मनग्गे आम्दानी लिन सकिन्छ”, बर्दिबास–२ ओमशान्ति चोकका भोला महतो भन्नुहुन्छ, “ वैशाखमा त बजार पु¥याउन नपाउँदै बिक्री हुन्छ ।” मिथिलाक्षेत्रमा वैशाख सङ्क्रान्तिमा मनाइने जुडशीतल पर्वमा यसबाट विशेष परिकार बनाउने चलन छ ।

माघमा फुल्ने र चैत अन्तिमतिर फल्ने सोहिजन बजारमा रुचाइने तरकारीमा पर्छ । हाँगा काटेर पाखो जग्गा र खेतका आलीमा गाडेर मात्रै पनि सोहिजनको खेती गर्न सकिन्छ । “न गोडमेल चाहिने, न अरु बालीलाई जस्तो स्याहार चाहिने, सामान्य रेखदेखमात्रमै यो हुर्काउन सकिन्छ”, भङ्गाहा–४ रामनगरका जुगल सदा मुसहर भन्नुहुन्छ, “घर पछाडि दुई÷तीन वटा बोट छन्, बर्सेनि यसको बिक्रीबाट रु ८÷१० आम्दानी हुन्छ ।”

पछिल्लो समय यसको माग बढ्न थालेपछि किसानहरु पनि व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् । मौसमी तरकारी मानिने सोहिजन अब बा¥हैमास फल्ने पनि बाक्लै बढ्दै गएको यहाँका किसानको भनाइ छ । “पहिले त पाँच÷छ वटा बोट थिए, पछिल्ला पाँच वर्षयता बर्सेनि अलिअलि बढाउँदै अहिले २५ वटा पु¥याएको छु”, भङ्गाहा–५ भूचक्रपुरका किसान भगलु महतो भन्नुहुन्छ, “अन्य कुनै बालीभन्दा यसबाट बढी नगद लिँदै आएको छु ।”

सोहिजनको तरकारी गुणकारी भएकाले मैथिल भान्सामा यसको उच्चस्थान रहेको स्वास्थ्यविज्ञ बताउँछन् । “यो गुणैगुणले भरिपूर्ण छ, यसको सेवनका धेरै फाइदा छन्”, वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा भन्नुहुन्छ, “मूत्रविकारको समस्यामा यो उपयोगी मानिन्छ ।” लोहतत्व ९आइरन०, फोलिक एसिड र भिटामिन बी–१२ प्रचूर मात्रामा हुने सोहिजन शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन, नशा बाउडिने रोग निदान गर्न, मधुमेह नियन्त्रण गर्न, छालासम्बन्धी समस्या हटाउन र गर्भमा रहेको बच्चाको शारीरिक विकासका लागि राम्रो मानिन्छ ।

तरकारीमा पूmल, कलिलो मुन्टा र लामो डोलो कोसा हुने फल प्रयोग गरिँदै आइएकोमा पछिल्ला वर्षमा यसको छिप्पिएको पातको पनि महत्व बढ्न थालेको छ । घरघरकै जस्तो समस्या बनेको मधुमेह रोग नियन्त्रणका लागि सोहिजनका पातको धुलो खाने प्रचलन बढ्दै जाँदा यसको महत्व झनै बढेको हो ।

अहिले ठूलाठूला आयुर्वेदिक औषधि कम्पनीले सोहिजनको पातको ‘मोरिङ्गा पाउडर’ बनाएर राम्रो मूल्यमा बेचिरहेका छन् । यी कम्पनीले काम बढाउँदै लाँदा बस्तीबस्तीमा अब सोहिजनको पात खोज्ने व्यापारी घरघरै आउने गरेका गौशाला–१२ पडरियाका योगेन्द्र दास बताउनुहुन्छ ।

सरकारले मधेसमा यसको व्यावसायिक खेती गर्नेलाई बीउ र अन्य आवश्यक सुविधा दिनसके किसानका लागि यो आम्दानीको राम्रो स्रोत बन्न सक्ने बर्दिबास–८ का वडाअध्यक्ष शमशेरसिंह लामाको भनाइ छ । यसभेगका किसानले अब तीनै तहका सरकारसँग सोहिजन खेतीलाई उकास्न सहयोग गर्नुपर्ने बताएका छन् । रासस