१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शब प्राप्त नभएको इजरायलको दावी

हमासले फिर्ता गरेका मृतक बन्धकमा शिरीको शब प्राप्त नभएको इजरायलको दावी
अ अ+ अ-

एजेन्सी । इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे शुक्रबार बताएको छ ।

इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो । लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार चार बन्धकको अवशेषलाई रेडक्रसमार्फत् इजरायली सेनालाई सुम्पिएको थियो ।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गर्नुभएको छ, “अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।”

उहाँले भन्नुभयो, “हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गनुपर्छ ।”

इजरायलले बिबास परिवारका दुई छोरा ९एरियल र कफिर० लाई गाजामा प्यालेस्टिनी ‘आतङ्ककारी’ले मारेको निष्कर्ष निकालेको छ । यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।

“सम्बन्धित अधिकारीहरूको मूल्याङ्कन र उपलब्ध खुफिया र निदान सूचकहरूको आधारमा एरियल र केफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा ‘प्यालेस्टिनी आतङ्ककारी समूह हमास’ ले कैदमा क्रूरतापूर्वक मारेका थिए,” अद्राइले भन्नुभयो ।

धेरै इजरायलीहरूका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकहरूको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेषहरू बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो ।

हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो । उहाँ एक अनुभवी पत्रकार र लामो समयदेखि प्यालेस्टिनी अधिकारका रक्षक हुनुहुन्थ्यो।

गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शवहरू हस्तान्तरण गरिएको यो पहिलो घटना थियो।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले गाजायुद्धविराम सम्झौताको ‘क्रूर र दुर्भावनापूर्ण’ उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री नेतन्याहूले एक भिडियो वक्तव्यमा भन्नुभएको छ, “हामी शिरीलाई जीवित र मारिएका हाम्रा सबै बन्दीहरूसहित घर फर्काउने र सम्झौताको ‘क्रूर र दुर्भावनापूर्ण’ उल्लङ्घनको लागि हमासले पूरा मूल्य चुकाउने सुनिश्चित गर्ने अठोटका साथ काम गर्नेछौं।”