३० असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने एमालेको चेतावनी उच्च शिक्षामा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न विश्वविद्यालयका उपकुलपतिहरूको संयुक्त पहल विवेक मण्डलको निधनप्रति गगन थापाद्वारा श्रद्धाञ्जली, सन्तानको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहिबार पछिल्लो रेकर्ड बराबर बनाएको सुन आज घटेको छ । शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुन एक लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।