४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी

कोरोना कहरले नछोएको छन्त्यालको भेडीगोठ दैनिकी
अ+ अ-

बेनी । अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बस्नुभएको छ । धवलागिरि आधार शिविर नजिकै पर्ने रुवाचौरको यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ । करिब दुईदशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्ना पुर्खाले पसिना बगाएको थलोमा फर्किएका थिए । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका उहाँले आफ्ना पुर्खाहरुले जीवन विताएको जङ्गल र भिरपाखाहरुको परम्परागत गोठ नै पछ्याउँदै हुनुहुन्छ ।  

धवलागिरि गाउँपालिका– ५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले छोएको छैन । शहरी क्षेत्रमा कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कनसमेत हम्मेहम्मे पर्ने गरे पनि बस्तीदेखि घण्टौँ टाढाको दूरीमा गोठ राखेका उनको दैनिकीलाई महामारीको प्रभावले छोएको छैन । 

बिहान उठेपछि भेडाबाख्राको सङ्ख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने उहाँको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्कनेबाहेकको अर्को केही हुँदैन उहाँको दैनिकी । विकासको तीव्र गतिमा अघि बढेको सिङ्गापुर र मलेसियामा करिब दुईदशक लामो समय बिताएका ४० वर्षीय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफूलाई घुलमिल गराइसक्नुभएको छ । 

न फोन, न इन्टरनेट नत रेडियोको नै पहुँच छ । अनकन्टार घनघोर जङ्गल र पहाडहरुमा उहाँले कठिन तर आफ्नै रहरको दैनिकी बिताइरहहुभएको छ । “वर्षात्, हिमपात, केही भन्न पाइँदैन, गोठालो दैनिकी चलिरहेकै छ, कठिन त अवश्य छ, तर यहाँको प्राकृतिक भू–बनोट, सुन्दर प्रकृति र भेडाबाख्रासँगको दैनिकीले सबै दुःख बिर्साइदिने रहेछ”, छन्त्यालले अनुभव सुनाए ।

एक÷दुई महिनामा गोठको खर्च लिन गाउँ झरेपछि मात्रै बुझ्नुहुन्छ उहाँकाले विश्वको गतिविधि । अनि फेरि शुरु हुन्छ आफ्नै दुनियाँ । यो क्रम विगत दुई वर्षदेखि चलिरहेकै छ । विदेशमा आर्जन गरेको रकमसहित ऋणसमेत गरेर दुई वर्षअघि करिब ५० लाख लगानी गरेर भेडापालन शुरु गरेका छन्त्यालको गोठमा अहिले झण्डै ५०० भन्दाबढी भेडाबाख्रा रहेका छन् । आफूबाहेक दुई जना हेरालु राखेका छन्त्यालले आफ्नो पुर्खाहरुले अंगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताउनुहुन्छ ।  

“हिजो हाम्रा पुर्खाले यहीँ पसिना बगाए, कतिको यस्तै गोठमै जीवन बित्यो, तर आज यो पेशा नै सङ्कटमा पर्दै गएको छ, यसलाई नयाँ पुस्ताले अंगाल्न नसक्ने हो भने हाम्रो भेडापालन पेशा नै हराएर जान्छ”, उहाँले भन्नुभयो । धवलागिरि गाउँपालिका क्षेत्रमा भेडापालनको प्रचुर सम्भावना रहेकाले आफूले पनि यस पेशालाई अंगालेको छन्त्याल बताउनुहुन्छ । पछिल्लो समय यस क्षेत्रमा रहेका परम्परागत गोठहरु विस्तारै घट्दै गएको, युवाहरुको आकर्षण नबढेको र पुराना गोठहरु पनि बिक्री गर्ने प्रचलन बढेकाले भेडापालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि स्थानीय सरकार र सम्बद्ध निकायको ध्यान जान जरुरी रहेको उनको भनाई छ । 

यस क्षेत्रमा अहिले करिब आठ वटा भेडीगोठ छन । धवलागिरिको मल्कबाङ, मलम्पार, खिबाङ, मराङ र रघुगंगाको पात्लेखर्क, दुवाडी, रायखोर, पाखापानी, चिमखोला लगायतका व्यक्तिहरुको च्यामली चौर, आधार शिविर, ऋरु, चौराबन, नयाँवन, रिखार र ताङ्गे, भाङ्गे फाँट क्षेत्रमा भेडीगोठ रहेका छन् । धवलागिरिको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुदै आएको छ । वेँसीदेखि धवलागिरिका आधार शिविरसम्म नै भेडीगोठ सारिरहने प्रचलन रहेको छ । तर यसपटक भने केही गोठहरु आधार शिविर पुगेपछि बीच बाटोमा भिषण पहिरो खसेकाले केही गोठहरु आधार शिविरदेखि तल नै रोकिएको भेडीगोठका हेरालु कालु विकले बताउनुभयो । 

भेडीगोठको सुरक्षामा कुकुर 

हरेक गोठमा कम्तीमा दुई वटा कुकुर छन् । भेडीगोठका हेरालुका लागि कुकुर नै सारथी हुन् । जङ्गल र पाखा पखेरमा गोठ रहने भएकाले जङ्गली जनावरबाट भेडाबाख्रा र गोठकोसमेत सुरक्षाको प्रमुख जिम्मेवारी कुकुरकै रहने गर्छ । भेडीगोठमा ‘भोटे’ जातको कुकुरलाई विशेष महत्व दिएर पाल्ने गरिन्छ । आवाज ठूलो हुने, जङ्गली जनावरसँगसमेत नडराउने भएकाले भेडीगोठका लागि भोटे कुुकुर पहिलो रोजाइमा पर्छ । गोठमा कुकुरलाई स्याहारसुसार र आहारमा समेत बढी ध्यान दिनुपर्ने गोठालालाई थप जिम्मेवारी हुन आउँछ । गोठदेखि चरन क्षेत्रसम्म कुकुरले नै भेडाबाख्रालाई पछ्याएर जाने गर्छन् भने बेलुकी आफ्नै गोठमा फर्किएर सुरक्षा दिने कुकुरमा थप रोचक विशेषता रहेको हुन्छ । 

गोठमै पुग्छन् व्यापारी 

परम्परागतरुपमा भेडाबाख्रापालन गर्दै आएका गोठमा हिजोआज व्यापारी खरिदका लागि गोठमै पुग्ने गर्छन् । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा भेडाबाख्रा बिक्री हुने भए पनि अन्य मौसममा समेत व्यापारी गोठमै आउने भएकाले उत्पादन भएका भेडाबाख्राको बजारीकरणमा समस्या नरहेको छन्त्यालको भनाइ छ । वार्षिकरुपमा २०० को हाराहारीमा भेडाबाख्रा बिक्री हुने उहाँको भनाइ छ । भेडीगोठको अत्यासलाग्दो दैनिकीलाई सम्हालेका छन्त्यालले भेडीगोठमै व्यापारी आउने भएकाले यस पेशाप्रति थप हौसला थपिएको सुनाउनुभयो ।  

जङ्गली जनावर र विषाक्त घाँसको जोखिम 

भेडाबाख्रापालन गरेका कृषकका लागि हिंस्रक जङ्गली जनावरको आक्रमण र जङ्गलको चरन क्षेत्रमा हुने विषाक्त घाँस प्रमुख समस्याका रुपमा रहेको छ । गोठ र चरन क्षेत्रमा हेरालु र कुकुरको नजर छेक्दै चितुवा, स्याललगायतका जनावरले हरेक वर्ष भेडाबाख्रा मारिदिन्छन् । वर्षेनी पर्ने चट्याङ र चरन क्षेत्रमा हुने विषाक्त घाँस अर्को समस्याका रुपमा रहेको छन्त्यालको भनाइ छ । उहाँका अनुसार, जङ्गली जनावरको आक्रमण, चट्याङ लागेर र विषाक्त घाँस खाएर वर्षेनी दर्जनौँ भेडाबाख्राको नोक्सानी व्यहोर्नु परेको छ । बस्तीदेखि टाढा र उपचारको पहुँच नहुने भएकाले भेडाबाख्रालाई रोग लागेको समयमा उपचारमा समेत समस्या हुने गरेको छ । 

भेडाबाख्रापालनलाई प्रोत्साहन गर्न माग

म्याग्दीको धवलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिक भेडापालन हुँदै आएको छ । परम्परागतरुपमा घुम्ती गोठ राखेर हुँदै आएको भेडापालनलाई थप व्यावसायिक र निरन्तरता दिनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतबाट प्रोत्साहन गर्नुपर्ने कृषकको माग छ । पुराना गोठ सञ्चालन गरेका कृषकले यस पेशाबाट हात झिक्दै गएका छन् । विकास र सञ्चारका कारण पछिल्लो समय ग्रामीण बस्तीमा समेत सुविधा भित्रिरहँदा गाउँसम्मै शहरी जीवनशैलीको मोह बढेको, युवाको आकर्षण नभएकाले भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको पुराना भेडापालक कृषक धवलागिरि गाउँपालिका–४ खिबाङका खिमदल पुन बताउनुहुन्छ । म्याग्दीमा स्थानीय तहहरुले भेडापालनलाई नै प्रवद्र्धन गर्ने विशेष कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेका छैनन् । 

म्याग्दी जिल्लामा अहिले करिब ५० जनाले व्यावसायिकरुपमा भेडापालन गर्दै आएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुुसुमका अनुसार जिल्लामा करिब २० हजार जति भेडा पालिएको छ । भेडापालनलाई प्रवद्र्धन गर्न कार्यालयले घुम्ती गोठ सुधार कार्यक्रम, पशु बीमा, मोडल फार्म अनुदानलगायतका कार्यक्रमलाई कार्यान्वयन गर्न लागिएको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो ।