२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु
अ अ+ अ-

काठमाडौँ। नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरू तथा पृतनापतिहरूको समन्वयात्मक बैठक सुरु भएको छ।

बैठकलाई सम्बोधन गर्दै रक्षा मन्त्री राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दक्षता उल्लेखनीय रहेको बताउनुभयो। उहाँले नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भइसकेको धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले बदलिँदो भू(राजनीतिक परिवेश, ध्रुवीकरण, जलवायु परिवर्तनका चुनौतीहरू तथा प्रविधि र कृत्रिम बौद्धिकताका कारण उत्पन्न हुनसक्ने जोखिमहरूप्रति नेपाली सेना सचेत रहनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति अशोक राज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले वर्तमान विश्व सुरक्षा अवस्था बहु(आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको उल्लेख गर्दै आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीहरू सामना गर्न रणनीतिक समन्वय आवश्यक रहेको बताउनुभयो।

प्रधान सेनापतिले सुरक्षा चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। बैठकका सहभागीहरूले आ(आफ्नो कार्यक्षेत्रको वस्तुस्थिति समीक्षा गर्दै आगामी रणनीतिहरूका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उक्त बैठकमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव तथा रक्षा मन्त्रालय र नेपाली सेनाका उच्च अधिकृतहरूको उपस्थिति रहेको छ। बैठक दुई दिन सम्म संञ्चालन हुने छ ।