१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

कोभिड केस बढेपछि बङ्गलादेशमा कडा प्रतिबन्ध लागु

कोभिड केस बढेपछि बङ्गलादेशमा कडा प्रतिबन्ध लागु
अ अ+ अ-

ढाका । बङ्गलादेशले गत हप्ता कोभिड–१९ सङ्क्रमणमा तीव्र वृद्धिलाई रोक्न नियम र दिशानिर्देशहरूको नयाँ सेट लागू गरेको छ। स्वास्थ्य सेवा महानिर्देशनालयद्वारा जारी गरिएको दैनिक बुलेटिन अनुसार बङ्गलादेशमा बिहीबार तीन हजार ३५९ नयाँ केस र १२ कोभिड–सम्बन्धित मृत्यु रिपोर्ट गरेको छ । कोरोना पोजिटिभ केस १२ प्रतिशतले वृद्धि भएको छ । 

महानिर्देशनालयले राजधानी ढाका र दक्षिणपूर्वी जिल्ला रङ्गमतीलाई ‘रेड जोन’ घोषणा गरेको । यी जिल्लामा सङ्क्रमण दर १० प्रतिशतदेखि १९ प्रतिशतको बीचमा रहेको बताइएको छ।

“हामीले कोभिड–१९ मामिलामा एकदमै तीव्र वृद्धि देखिरहेका छौँ। दैनिक सकारात्मकता दर अहिले विगत तीन दिनमा १० प्रतिशत नाघेको छ”, महानिर्देशनालयका प्रवक्ता डा रोबेद अमीनले अल जजीरालाई भने।

अमीनले बङ्गलादेशमा पत्ता लागेको कोभिड–१९ मा ८० प्रतिशतभन्दा बढी अझै पनि डेल्टा भेरियन्टका रहेको बताए। “यद्यपि ओमिक्रोन भेरियन्टका केसहरू बढ्दै गएका छन्”, उनले भने।

अठार करोड जनसङ्ख्या भएको बङ्गलादेशले जिम्बाब्वेमा एक शृङ्खला खेलेर आएका दुई महिला क्रिकेटरमा डिसेम्बरको दोस्रो सातामा पहिलो ओमिक्रोन केस भएको पुष्टि गरेको थियो ।  

पछिल्लो तथ्याङ्कअनुसार कोभिड–१९ सङ्क्रमणबाट यो मुलुकमा कुल २८ हजार १२३ को मृत्यु भएको छ भने कुल सङ्क्रमित सङ्ख्या १६ लाख चार हजार ६४४ पुगेको छ । जनवरी १ मा बंगलादेशले २.४३ प्रतिशतको दैनिक सकारात्मकता दरका साथ ३७० केस फेला पारेको थियो।

“सङ्क्रमणको निरन्तर वृद्धिले ओमिक्रोन समुदायमा केही हदसम्म विस्तार भएको सङ्केत गरेको छ”, स्वास्थ्यमन्त्री जाहिद मलेकले बुधबार पत्रकार सम्मेलनमा बताए ।